पेट्रोल, डिजेल र ग्यासको मूल्य घट्यो « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

पेट्रोल, डिजेल र ग्यासको मूल्य घट्यो


१८ असार २०७४, आइतबार


काठमाडौं । नेपाल आयल निगमले आइतबार राती १२ बजेदेखि लागु हुनेगरी खाना पकाउने ग्याससहित पेट्रोलिमय पदार्थको मूल्य घटाएको छ ।

आयल निगमका प्रवक्ता सीताराम पोखरेलका अनुसार निगमले तीनवटै खाना पकाउने ग्यासमा प्रतिसिलिन्डर २५ रुपैयाँ, पेट्रोलमा २ रुपैयाँ र हवाई इन्धनमा प्रतिलिटर ४ रुपैयाँ घटाइएको छ ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेपछि भारतीय आयल कर्पोरशेनले तेलको मूल्य घटाएर आयल निगमलाई पठाएको थियो ।

उपभोक्तालाई राहत दिने गरी मूल्य घटेको बताउदै सधै आफुहरु जनतालाई सधै राहत दिन प्रयत्नरत प्रवक्ता पोखरेलले बताए ।

अब मूल्य समायोजनपछि निगमलाई पेट्रोलमा लिटरको ७ रुपैयाँ ३० पैसा नाफा छ । त्यसैगरी डिजेलमा निगमलाई प्रतिलिटर १ रुपैयाँ ५० पैसा, मटितेलमा १८ रुपैयाँ र हवाइ इन्धनमा १० रुपैयाँ नाफा छ । त्यस्तै ग्यासमा निगमलाई प्रतिसिलिन्डर ३९ रुपैयाँ नाफा हुनेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस