३३४ स्थानीय तह मध्ये १७२ को मतपरिणाम घोषित « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

३३४ स्थानीय तह मध्ये १७२ को मतपरिणाम घोषित


१८ असार २०७४, आइतबार


काठमाडौँ । स्थानीय तहको दोस्रो चरणमा असार १४ गते ३३४ स्थानीय तहका लागि भएको निर्वाचनको अन्तिम परिणाम प्राप्त हुने क्रम जारी रहेको छ ।

निर्वाचन आयोग, संयुक्त निर्वाचन परिचालन केन्द्र (जेइओसी)बाट आज बिहान ९ बजेसम्म प्राप्त जानकारीअनुसार १७२ स्थानीय तहकोे अन्तिम मतपरिणाम घोषणा भएको छ । हाल १५५ स्थानीय तहको मतगणना जारी रहेको र केही स्थानीय तहको मतगणना स्थगन भएकामा सञ्चालन गर्ने प्रयास भइरहेको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए । रासस

Tags :
प्रतिक्रिया दिनुहोस