रोल्पाको नौ वटा स्थानीय तहको परिणाम सार्वजनिक « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

रोल्पाको नौ वटा स्थानीय तहको परिणाम सार्वजनिक


१८ असार २०७४, आइतबार


रोल्पा । माओवादीगढ मानिने रोल्पामा अन्य दलले पनि स्थानीय तह निर्वाचनमा विजयी हासिल गरेका छन् ।

दश स्थानीय तह रहेको रोल्पामा हालसम्म परिणाम घोषणा भएका नौ स्थानमध्ये ६ स्थानमा नेकपा माओवादी केन्द्र, दुई स्थानमा नेकपा एमाले र एक स्थानमा नेपाली काँग्रेस विजयी भएका छन् । ७२ वटा वडा रहेको जिल्लामा हालसम्म मतपरिणाम सार्वजनिक भइसकेका ७० वडामध्ये नेपाली काँग्रेसले १५, नेकपा एमालेले ११, नेकपा माओवादी केन्द्रले ४४ र स्वतन्त्रले दुई वडामा विजयी हासिल गरेका छन् ।

जिल्लाको एक मात्र नगरपालिका रोल्पा नगरपालिकाको प्रमुखमा नेकपा माओवादी केन्द्रका पूर्ण केसीले पाँच हजार ६३४ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकाका लेखनाथ आचार्यले तीन हजार ८२७ मत प्राप्त गरेका थिए ।

यसैगरी, सोही नगरपालिकाको उपप्रमुखमा नेकपा माओवादी केन्द्रकै मनकुमारी घर्ती पाँच हजार ६६८ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकाकी मिश्री हमालले तीन हजार ७२१ मत प्राप्त गरेकी थिइन् । लुङ्ग्री गाउँपालिकामा नेकाका दुर्गा खड्का तीन हजार ११५ मत प्राप्त गरी विजयी भइन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका तुलाराम खड्काले दुई हजार ९१० मत प्राप्त गरेका थिए । यसैगरी, सोही गाउँपालिकाको उपाध्यक्षमा नेकाकै भीमकला बुढाथोकी तीन हजार २७७ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका मनखना घर्तीले दुई हजार ९३९ मत प्राप्त गरेका थिए ।

रुन्टीगढी गाउँपालिकामा नेकपा एमालेका बालाराम बुढा तीन हजार ४०२ मत प्राप्त गरी अध्यक्ष पदमा विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकाका टेकबहादुर बस्नेतले तीन हजार २७९ मत प्राप्त गरेका थिए । सोही गाउँपालिकाको उपाध्यक्षमा नेकपा एमालेकै छमाया पुन तीन हजार ४५२ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसकी सरिता केसीले तीन हजार ३७९ मत प्राप्त गरिन् ।

त्रिवेणी गाउँपालिकामा नेकपा एमालेका शान्तकुमार ओली दुई हजार ५६० मत प्राप्त गरी अध्यक्ष पदमा विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका गङ्गाप्रसाद घर्तीले दुई हजार ३३६ मत प्राप्त गरे । यसैगरी, सोही गाउँपालिकाको उपाध्यक्षमा नेकपा एमालेकै साबित्रा बुढा दुई हजार ५४० मत प्राप्त गरी विजयी भएकी छिन् । उनकी निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रकी लालसरी घर्तीले दुई हजार ३३३ मत प्राप्त गरिन् ।

दुईखोली गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका निमकान्त डाँगी चार हजार ६०८ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका झक्कु घर्तीले एक हजार ९८९ मत प्राप्त गरे । उपाध्यक्षमा नेकपा माओवादी केन्द्रकै हितकुमारी बुढा विजयी भइन् । बुढाले चार हजार ६०८ प्राप्त गरिन् भने उनकी निकटतम प्रतिद्वन्द्वी नेकाकी लक्ष्मी डाँगीले एक हजार ८९९ मत प्राप्त गरिन् ।

थवाङ गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका वीरबहादुर घर्ती एक हजार ९९० मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार अमित घर्तीले एक हजार ५० मत प्राप्त गरेका छन् । यसैगरी, उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका रामकिरणी रोका एक हजार ९६९ मत प्राप्त गरी विजयी भइन् । उनकी निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसकी श्रीकुमारी रोकाले ९९५ मत प्राप्त गरिन् ।

सुनछहरी गाउँपालिकामा नेकपा माओवादी केन्द्रका आशबहादुर बुढा ८२८ मत प्राप्त गरी अध्यक्ष पदमा निर्वाचित भएका छन् । पुनका निकटतम प्रतिद्वन्द्वी नेकाका दुर्गाबहादुर घर्तीले ६३६ मत प्राप्त गरेका थिए । सो गाउँपालिकाको उपाध्यक्षमा नेकपा माओवादी केन्द्रकी पवित्रा घर्तीमगर ८७४ मत प्राप्त गरी विजयी भइन् । उपाध्यक्षमा उनी निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसकी भिमली बुढाथोकीले ६३५ मत प्राप्त गरिन् ।

सुकीदह गाउँपालिकामा नेकपा माओवादी केन्द्रका वीरबहादुर केसी दुई हजार ४१४ मत ल्याई अध्यक्ष पदमा विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका रोशनकुमार ओलीको दुई हजार २८० मत रहेको थियो । उपाध्यक्षमा नेकपा माओवादी केन्द्रकै रीताकुमारी घर्तीले दुई हजार ३९९ मत प्राप्त गरी विजयी भइन् । उनकी निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी निर्मला ओलीले दुई हजार २१५ मत प्राप्त गरेकी थिइन् ।

माडी गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका नन्दबहादुर पुन तीन हजार १८२ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकाका गोपाल घर्तीले दुई हजार ६२१ मत प्राप्त गरेका थिए । सोही गाउँपालिकाको उपाध्यक्ष नेकपा माओवादी केन्द्रकी धनिकला घर्ती तीन हजार २५१ मत प्राप्त गरी विजयी भइन् । उपाध्यक्षमा नेकपा एमालेका प्रेम घर्ती दुई हजार ६८९ मत प्राप्त गरी निकटतम प्रतिद्वन्द्वी रहेका थिए । रासस

Tags :
प्रतिक्रिया दिनुहोस