४ चैत्र २०८१, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गाई सुरक्षाको नाममा जनता मार्ने काम अस्वीकार्यः मोदी

अ+ अ-

भारत । भारतीय प्रधानमन्त्री नेरेन्द्र मोदीले बिहीबार गाई संरक्षणको नाममा जनता मार्ने कुनै पनि अवस्थामा स्वीकार गर्न नसकिने बताएका छन् ।

प्रधानमन्त्री मोदीको यो अभिव्यक्ति गाई संरक्षणकर्मीद्वारा ‘गाउ भक्ति’ (गाई भक्ति) का नाममा भएका शृङ्खलाबद्ध आक्रमणमा भएका विरोध कार्यक्रमप्रति लक्षित गरी आएको हो ।

सवरमती आश्रम स्थापनाको शतवार्षिकी तथा महात्मा गान्धीका गुरु श्रीमद् राजचन्द्रजीको १५० औँ जन्मोत्सवका अवसरमा गरिएको एक समारोहमा सम्बोधन गर्नु हुँदै प्रधानमन्त्री मोदीले भने, राष्ट्रपिता (गान्धी) को आदर्श विपरित भारतमा एक समुदायद्वारा अर्को माथि हिंसात्मक विरोध भएको छ । यस्ता गतिविधिले राष्ट्रपिता महात्मा गान्धी अपमान हुन्छ ।

भारतीय प्रधानमन्त्रीले भने, आउनुस् सबैजना एक भई अघि बढौँ र महात्मा गान्धीका सपनाअनुरुप राष्ट्रको विकासमा लार्गौँ । स्वतन्त्रताका लागि सङ्घर्ष गरेको सपुतलाई खुशी पारौँ ।

राष्ट्र हित र कानुन विपरित काम गर्न राष्ट्रमा कसैलाई पनि अधिकार छैन, प्रधानमन्त्री मोदीले भने ।

प्रधानमन्त्री मोदीको यो अभिव्यक्ति गाईको संरक्षणका नाममा भएका विभिन्न घटनामा धार्मिक हिंसा बढेको समयमा आएको हो । गत हप्ता मथुराका लागि हिँडेको रेलमा हिँडेका एक मुसलमान यात्रीलाई रेलभित्र हत्या गरिएको र उहाँका परिवारजनलाई ‘अराष्ट्रवादी’ ‘गाई खौवा’ भनी गरिएको उत्तेजक घटनाविरुद्ध हजारौँ भारतीयले मुलुकका विभिन्न ठाउँमा प्रदर्शन भएपछि प्रधानमन्त्रीले सबैलाई संयमता अपनाउन आफ्नो सम्बोधनका क्रममा आग्रह गरे ।

हिंसाले न कहिल्यै समस्या समाधान गरेको थियो । न गर्ने नै छ, समाजमा हिंसाका लागि कहिँ ठाउँ छैन, प्रधानमन्त्री मोदीले भने । रासस/पीटीआई

प्रतिक्रिया दिनुहोस