प्रधानमन्त्री देउवाले गरे मतदान « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

प्रधानमन्त्री देउवाले गरे मतदान


१४ असार २०७४, बुधबार


काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले डडेलधुराबाट मतदान गरेका छन् ।

उनले गन्यापधुरा गाउँपालिका वडा नम्बर १ रुवाखोलाको असिग्राम उच्च मावि मतदान केन्द्रबाट मतदान गरेका हुन् ।

आज बिहान ८ः०७ बजे प्रधानमन्त्री देउवाले सो केन्द्रबाट मतदान गरेका हुन् । प्रधानमन्त्रीसँगै उनकी धर्मपत्नी डा. आरजु राणा देउवाले पनि सोही मतदान केन्द्रबाट मतदान गरिन् ।

मतदानपछि प्रधानमन्त्री देउवाले सङ्क्षिप्त प्रतिक्रिया दिदै गाउँको सरकार गाउँकै जनताबाट स्थापना गर्नका लागि स्थानीय तहको निर्वाचन भइरहेको बताए । स्थानीय सरकार निर्माण भइसकेपछि संविधानको पूर्ण कार्यान्वयन हुने र विकास निर्माणका कामहरु चुस्त, दुरुस्त र पारदर्शी रुपमा अगाडि बढ्ने उनले विश्वास व्यक्त गरे ।

Tags :
प्रतिक्रिया दिनुहोस