राति १२ बजेबाट मौन अवधि शुरु, निर्वाचनको प्रचार–प्रसार गर्न नपाइने « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

राति १२ बजेबाट मौन अवधि शुरु, निर्वाचनको प्रचार–प्रसार गर्न नपाइने


११ असार २०७४, आइतबार


काठमाडौं । दोस्रो चरणमा अषाढ १४ गते हुन गइरहेको स्थानीय तह निर्वाचनका लागि राति १२ बजेपछि मौन अवधि शुरु भएको छ ।

स्थानीय तह निर्वाचन, निर्देशिका, २०७३ को दफा ६९ मा मौन अवधिमा प्रचार गर्न निषेध गरिएको छ ।

निर्वाचनको मौन अवधिमा आफ्ना वेभसाइट तथा फेसबुक र ट्वीटरलगायतका कुनै पनि सामाजिक सञ्जाल वा अन्य कुनै माध्यमबाट निर्वाचनको प्रचार–प्रसार गर्न नपाइने भएकाले त्यस्ता प्रचार–प्रसारका क्रियाकलापहरु नगर्न र गराएको पाइएमा तत्काल रोकी मौन अवधिको पूर्ण पालना गर्न, गराउन निर्वाचन आयोगले आग्रह गरेको छ ।

मौन अवधि पालना नगरी निर्वाचन आचारसंहिताविपरीत कुनै पनि किसिमले निर्वाचनको प्रचार–प्रसार गरिएको पाइएमा त्यस्ता दल, संस्था, उम्मेदवार र व्यक्तिहरुमाथि
आयोगले निर्वाचन आयोग ऐन २०७३ बमोजिम हदैसम्मको कारबाही गरिने बताएको छ ।

आयोगले सोही दफाको ९१० मा मतदान हुने दिनभन्दा ४८ घण्टाअघिदेखि मतदानको काम पूरा नभएसम्म कुनै उम्मेदवार वा दलको पक्ष वा विपक्षमा मतदान गर्ने वा नगर्ने उद्देश्यले सभा बोलाउन वा आयोजना गर्न, जुलुस निकाल्न वा नाराबाजी गर्न तथा अन्य कुनै प्रकारले प्रचार–प्रसार गर्न वा गराउन निषेध गरिएको जनाएको ।

 

Tags :
प्रतिक्रिया दिनुहोस