४८ घन्टाका लागि सीमानाका पूर्णरुपमा बन्द « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

४८ घन्टाका लागि सीमानाका पूर्णरुपमा बन्द


९ असार २०७४, शुक्रबार


कैलाली । दोस्रो चरणअन्तर्गत असार १४ गते हुन लागेको स्थानीय तहको निर्वाचनलाई ध्यानमा राखेर असार १२ गतेदेखि ४८ घन्टाका लागि नेपाल–भारत सीमानाका पूर्ण रुपमा बन्द गर्ने निर्णय भएको छ ।

भारतको पलियामा बिहीबार बसेको नेपाल–भारत सीमा सुरक्षा बैठकले स्थानीय तहको चुनावलाई ध्यानमा राखी ४८ घन्टाका लागि सीमानाका बन्द गर्ने निर्णय लिएको कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले जानकारी दिएका छन् ।

उक्त बैठकमा नेपालका तर्फबाट कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजाल, कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मनोहरप्रसाद खनाल, कैलालीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अर्जुनचन्द ठकुरीलगायतको सहभागिता रहेको थियो । रासस

Tags :
प्रतिक्रिया दिनुहोस