दाङमा आठ पत्रकार चुनावी मैदान « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

दाङमा आठ पत्रकार चुनावी मैदान


७ असार २०७४, बुधबार


दाङ । स्थानीय तहको निर्वाचनमा दाङबाट आठ जना पत्रकार चुनावी मैदानमा उत्रिएका छन् ।

चुनावी मैदानमा उत्रिएका पत्रकारमा घोराही उपमहानगरपालिकाको प्रमुख पदमा देशभक्त गणतान्त्रिक पार्टीबाट सुशीला आचार्य र लमही नगरपालिकाको उपप्रमुख पदमा निमबहादुर थापा चुनावी मैदानमा छन् । आचार्य र थापा पत्रकार महासङ्घ दाङका केन्द्रीय पार्षद् छन् ।

त्यसैगरी, न्युज २४ टेलिभिजनमा कार्यरत सुरेश श्रेष्ठ तुलसीपुर उपमहानगरपालिकाको वडा नं. ५ को वडा सदस्यमा नेपाली काँग्रेसबाट चुनावी प्रतिस्पर्धामा रहेका छन् ।

नेपाली काँग्रेसबाट तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ को वडा सदस्यमा रेडियो सञ्जीवनीमा कार्यरत सुवास डिसी, काँग्रेसबाट दङगीशरण गाउँपालिका वडा नं. ३ को सदस्यमा रेडियो तुलसीपुरमा कार्यरत प्रकाश डाँगी, काँग्रेसबाटै घोराही उपमहानगरपालिकाको वडा नं. १६ को महिला सदस्यमा राप्ती समाचार दैनिकमा कार्यरत सपना बोहरा पनि चुनावी मैदानमा उत्रिएका छन् ।

त्यसैगरी, नेकपा एमालेबाट तुलसीपुर उपमहानगरपालिकाको वडा नं. ९ को वडा अध्यक्षमा रेडियो प्रकृतिमा कार्यरत संगीत बस्याल र एमालेबाट तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ को वडा सदस्यमा रेडियो प्रकृतिमा कार्यरत दुजमान भण्डारी चुनावी प्रतिस्पर्धामा रहेका छन् ।

चुनावी मैदानमा उत्रिएका अधिकांशले सक्रिय रुपमा पत्रकारिता गरिरहेका छन् । अहिलेसम्म सुवास डिसी र संगीत बस्यालले मात्रै विधिवत् रुपमा पत्रकारिता छाडेको जानकारी गराएका छन् । रासस

Tags :
प्रतिक्रिया दिनुहोस