२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शव गाड्ने स्थान भएकाले क्याम्पस भवन निर्माण हुन सकेन

अ+ अ-

काठमाडौँ । दुई वर्षअघिको भूकम्पमा परी मृत्यु भएका तर सनाखत हुन नसकेका शवको व्यवस्थापन हुन नसक्दा त्रिभुवन विश्वविद्यालय महाराजगन्ज मेडिकल क्याम्पसको भवन निर्माण कार्य लम्बिएको छ ।

निमित्त क्याम्पस प्रमुख प्रा. डा. रोहितकुमार पोखरेलले भने, “हामीसँग बाँकी रहेको तीन रोपनी जग्गामा सात तलाको सुविधासम्पन्न भवन बनाउन लागिएको हो । तर त्यो खाली जग्गामा भूकम्पमा परेर मृत्यु भएका स्वदेशी र विदेशीको शव गाडिएको छ, ती शवलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा निर्णय हुन ढिलाइ भएकाले निर्माण अलि लम्बिएको हो ।”

फरेन्सिक मेडिसिन विभागबाट शव परीक्षण भएका तर नाम सनाखत हुन नसकेका ३२ नेपाली र विदेशी व्यक्तिको शवका साथै विगत ४१ वर्षदेखि उक्त जग्गामा निरन्तर शव गाड्दै आएकाले त्यसका लागि पनि अर्को व्यवस्था नभएसम्म भवन निर्माण गर्ने कार्य अल्झिएको हो । ती शवलाई अन्य स्थानमा सार्ने वा जलाउने के गर्ने भन्ने निर्णय भएको छैन भने विदेशीको शव पनि आफूखुसी व्यवस्थापन गर्न नमिल्ने क्याम्पसको भनाइ छ ।

क्याम्पसले ६० करोड लगानीमा साततले अत्याधुनिक भवन बनाउन क्याम्पस हाताभित्र खाली रहेको तीन रोपनी जग्गामा तयारी थालेको थियो ।

वर्षौंदेखि सो जग्गा शव गाड्नका लागि प्रयोग हुँदै आएकाले त्यसका लागि पनि अर्को स्थानको व्यवस्था गर्नु आवश्यक छ । क्याम्पसले उक्त समस्या समाधानका लागि नेपाल प्रहरी, महानगरपालिका र विदेशीको पनि शव भएकाले त्यसको व्यवस्थापनका लागि परराष्ट्र मन्त्रालयसँग समन्वय गर्न तयारी गरेको निमित्त क्याम्पस प्रमुख पोखरेलले बताए ।

फरेन्सिक मेडिसिन विभागका प्रमुख प्रा. डा. हरिहर वस्तीले भने भवन बन्ने कुरा आफूलाई जानकारी नभएको बताए ।

उनले भने, “त्यहाँ विगत ४५ वर्षदेखि शव गाडिँदै आएको छ । त्यहाँ अहिलेसम्म हजारौँ शव गाडिएका छन्, त्यहाँ भवन बन्नेबारेमा जानकारी छैन । हल्ला सुनेको त छु तर मलाई आधिकारिक जानकारी आएको छैन । त्यो करिब आठ÷दश रोपनी जग्गा अहिले कम हुँदै आएको छ । एकपल्ट गाडिसकेपछि त्यहाँ अर्को गाड्न मिल्दैन । अहिले सनाखत हुन नसकेको शवलाई व्यवस्थापन गर्न जमिनको निकै अभाव हुँदै गएको छ । सरकारले यस विषयमा ध्यान दिनु आवश्यक छ ।”

नयाँ बन्ने भवनमा अत्याधुनिक ल्याब, अनुसन्धान गर्ने स्थान रहने बताइएको छ । “हामीसँग भौतिक संरचनाको बढी नै अभाव छ । विद्यार्थीलाई पढाउने कक्षाकोठा, विषयवस्तु अनुसारका शिक्षक बस्ने स्थानको अभाव, अत्याधुनिक उपकरण राख्ने स्थानको अभाव भएर नै नयाँ भवन बनाउन लागिएको हो”– निमित्त प्रमुख पोखरेलले भने ।

महाराजगन्ज मेडिकल क्याम्पसअन्तर्गत अहिले ५० भन्दाबढी कार्यक्रम सञ्चालनमा रहेका छन् । शैक्षिक कार्यक्रमअनुसारको आवश्यक भौतिक संरचना हुँदै नभएको क्याम्पसको भनाइ छ ।

0 Comments