मुलुकलाई समाधान दिनका लागि निर्वाचन सारिएको होः महरा « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

मुलुकलाई समाधान दिनका लागि निर्वाचन सारिएको होः महरा


२ असार २०७४, शुक्रबार


दाङ । उपप्रधानमन्त्री कृष्णबहादुर महराले स्थानीय तहको निर्वाचनमा केही शक्तिले पैसाको बलमा निर्वाचन जित्ने प्रयत्न गरिरहेको बताएका छन् ।

नेकपा माओवादी केन्द्रले घोराही– १३ मा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा उनले त्यस्ता तत्वलाई जनताले परास्त गर्नुपर्नेमा जोड दिए ।

स्थानीय तहको निर्वाचन हुनु माओवादीका लागि निकै खुसीको कुरा भएको उल्लेख गर्दै माओवादी केन्द्रका नेता महराले कार्यसूचीका आधारमा माओवादी केन्द्रले विजय हासिल गरिसकेको जिकिर गरे । उनले मधेस केन्द्रित दललाई पनि सहमतिमा लिएर मुलुकलाई समाधान दिनका लागि २ नं प्रदेशको निर्वाचन सारिएको स्पष्ट गरे । “निर्वाचनको मिति केही सार्दैमा मुलुकले निकास पाउँछ भने यसलाई हामीले त्यति ठूलो बनाउनु हुँदैन”, उनले भने, “सारिएको मितिभित्र प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र राजपालाई सहमतिमा ल्याएर संविधान संशोधन गरिनेछ ।”

परराष्ट्रमन्त्री महराले नेपालले छिमेकी मुलुकबीच सन्तुलित परराष्ट्र नीति अवलम्बन गर्ने बताउँदै चीन र भारतको आर्थिक विकासबाट नेपालले फाइदा लिन सक्नुपर्नेमा जोड दिए । रासस

Tags :
प्रतिक्रिया दिनुहोस