मतदाता भन्छन्ः ‘हाम्रा नभनी राम्रालाई मतदान गरौँ’ « प्रशासन
Logo २९ आश्विन २०८१, मंगलबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

मतदाता भन्छन्ः ‘हाम्रा नभनी राम्रालाई मतदान गरौँ’


२९ जेष्ठ २०७४, सोमबार


पाल्पा । आसन्न असार १४ को स्थानीय निकायको निर्वाचनमा मतदाता आफै हाम्रालाई होइन, राम्रालाई मतदान गर्न चुनावी प्रचारप्रसार गर्न थालेका छन् ।

राजनीतिक दलले आआफ्नै ढङ्गले गाउँघरमा चुनावी अभियान तथा घरदैलो कार्यक्रम गरे पनि यहाँका मतदाता भने गाउँ छिमेकमा हाम्रालाई नहेरी राम्रालाई मतदान गर्न चुनावी माहोलमा जुटेका छन् ।

बजार, चोक, चौतारीलगायत विभिन्न स्थानमा दिनहुँजसो मतदाता आफैँ नै राम्रा व्यक्तिको पहिचान गरेर मात्र यस पटकको निर्वाचनमा योग्य र सक्षम उम्मेदवारलाई मतदान गर्न अपिल गरिरहेका छन् ।

यसभन्दा अगाडिका निर्वाचनमा दलको दबाबमा परेर मतदान गरेर विजयी भएका नेतृत्वकर्ताले गाउँको विकासमा वास्ता नगरेका कारण यस पटक भने मतदाता आफैँ विकासशील, सक्षम र गाउँका समस्या समाधान गर्ने उम्मेदवारको खोजीमा छन् ।

सत्तामा बस्नका लागि सधैँ चुनावी समयका बेला गाउँ पस्ने नेता, कार्यकर्तालाई रामपुरका मतदाताले यस पटक गाउँ नफर्कन पनि आग्रह गरेका छन् । सामान्य भौतिक पूर्वाधार पनि खडा हुन नसकेको गाउँमा विदेशी देशसँग तुलना गरेर विशाल सहर बनाउने योजना लिएर चुनावका बेलामात्र मतदातासँग हात नजोड्न उनीहरुको अपिल छ ।

यसभन्दा अगाडि दलियगत हिसाबले मतदान गरियो, यस पटक व्यक्ति विशेष हेरेर मात्र मतदान गर्ने सोचमा रहेको रामपुरका मतदाता सरस्वती सोमै बताउन् ।

“पहिला पहिला पार्टीगत रुपमा मतदान गरौँ भनेर पार्टीको झन्डा बोकेर हिँडियो, अब पार्टीका झन्डा बोकेर होइन, सक्षम उम्मेदवार खोजी खोजी मतदान गर्ने अभियानमा जुटेका छौँ” उनले भने ।

चुनावको मिति नजिकिँदै जाँदा विभिन्न राजनीतिक दलहरु पार्टीका झन्डा बोकेर कार्यकर्तासहित गाउँगाउँमा चुनावी माहोलमा छन् त कोही सक्षम र योग्य राम्रा व्यक्तिलाई मतदान गर्ने तरिकाबारे मतपत्र बोकेर गाउँगाउँमा पुगेका छन् । रासस

Tags :
प्रतिक्रिया दिनुहोस