१३ चैत्र २०८१, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राजपा माग पूरा नभए निर्वाचनमा नजाने- अध्यक्ष महतो

अ+ अ-

राजविराज । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले मधेस र मधेसीको माग पूरा नभएसम्म कुनै हालतमा स्थानीय तहलगायत अन्य निर्वाचन हुन नदिने चेतावनी दिएका छन् ।

राष्ट्रिय जनता पार्टीद्वारा आज राजविराजको गजेन्द्र चोकमा आयोजित बृहत् विरोधसभालाई सम्बोधन गर्दै अध्यक्ष महतोले विगतका सरकारले मधेसवादी दलहरुसँग गरेको सम्झोता थाती राखेर कुनै पनि हालतमा निर्वाचनमा जान नसक्ने अडान दोर्याएका छन् ।

मधेस आन्दोलनको क्रममा मधेसमा सहिद भएका मधेसी कार्यकर्ता र घाइते भएकाको सपना पूरा गराउन मधेसवादी नेताले त्यो त्याग र बलिदान बिर्सन नहुने स्मरण गराउँदै आफ्ना सयौँ कार्यकर्तामाथि लागेको झुठा मुद्दा फिर्तासहित परिवारलाई क्षतिपूर्ति र मधेस विरोधी संविधान संशोधन नभएसम्म निर्वाचनमा नजानेतर्फ सचेत रहन कार्यकर्तालाई उनले आग्रह गरे ।

सोही पार्टीका अर्का अध्यक्ष राजकिशोर यादवले सरकारले बल प्रयोग गरेर तराईमा स्थानीय तह निर्वाचन गराएमा ठूलो दुर्घटना हुनसक्ने चेतावनी दिए ।

सोही पार्टीका वरिष्ठ उपाध्यक्ष मृगेन्द्रकुमारसिंह यादवले नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एमाले पार्टीमा रहेका मधेसी नेता मधेसको अधिकारका लागि एकै ठाउँमा आउनुपर्ने आग्रह गरे ।

सोही पार्टीका महासचिव मनिषकुमार सुमनले मधेसीलाई अधिकार नदिए देश द्वन्द्वमा फस्ने चेतवनी दिए । कार्यक्रम सो पार्टीका जिल्ला संयोजक सुनिलकुमार झाको अध्यक्षतामा भएको थियो ।

उक्त कार्यक्रममा एमाले, काँग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट परित्याग गरी सो पार्टीमा प्रवेश गर्ने ३०० कार्यकर्तालाई अध्यक्ष महतोले फूलमाला लगाएर स्वागत गरेका थिए । रासस

प्रतिक्रिया दिनुहोस