प्रधानमन्त्री देउवाद्वारा सहिदप्रति श्रद्धाञ्जलि « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

प्रधानमन्त्री देउवाद्वारा सहिदप्रति श्रद्धाञ्जलि


२४ जेष्ठ २०७४, बुधबार


काठमाडौँ । नवनिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवा लैनचौरस्थित सहिद स्मारक जानु भई सहिदप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गरेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीसँग राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेष समारोहमा पद तथा गोपनीयताको शपथ लिएपछि उनले सहिद स्मारक गई सहिदप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गरेका हुन् ।

नेपाली काँग्रेसका सभापतिसमेत रहेका देउवा मङ्गलबार प्रधानमन्त्री पदमा निर्वाचित भएका थिए ।

यसैबीच, प्रधानमन्त्री देउवा आजै नेपाली काँग्रेस केन्द्रीय कार्यालय सानेपा गई काँग्रेसका संस्थापक एवम् दिवङ्गत शीर्ष नेताहरुको तस्विरमा माल्र्यपण गरे ।

उनले प्रथम जननिर्वाचित प्रधानमन्त्री एवम् काँग्रेसका नेता बिपी कोइराला, गणेशमान सिंह, सुवर्ण शमशेर, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको तस्बिरमा माल्यर्पण गरेका थिए ।

यसैगरी प्रधानमन्त्रीले देउवाले कार्यालयस्थित आफ्नो पार्टी सभापतिको कार्यकक्षमा गई एक छिन बसेका थिए । पार्टी कार्यालयमा पुग्दा नवनिर्वाचित प्रमलाई पार्टीका नेता तथा कार्यकर्ताले स्वागत गरेका थिए । रासस

Tags :
प्रतिक्रिया दिनुहोस