राष्ट्रपति रनिङ सिल्ड खेलकुदका विजेता पुरस्कृत « प्रशासन
Logo ११ चैत्र २०७९, शनिबार
   

राष्ट्रपति रनिङ सिल्ड खेलकुदका विजेता पुरस्कृत


२३ जेष्ठ २०७४, मंगलबार


काठमाडौं । आयोजक काठमाडौं जिल्ला खेलकुद विकास समितिले नवौं काठमाडौं जिल्ला राष्ट्रपति रनिङ सिल्ड खेलकुदका विजेतालाई मंगलबार पुरस्कृत गरेको छ ।

गत चैतमा सम्पन्न उक्त प्रतियोगितामा समग्रमा शीर्ष तीन स्थान हात पार्ने टिमलाई नगदसहित पुरस्कृत गरिएको हो ।

विजेश्वरी ज्ञान मन्दिर सैनिक महाविद्यालय २ सय १० अंकसहित टिम च्याम्पियन बनेको थियो । त्यस्तै १ सय १५ अंकमा रिपुमर्दिनी सैनिक स्कुल दोश्रो तथा १ सय १२ अंकसाथ सेक्रेड हर्ट उमावि तेश्रो भएका थिए । शीर्ष स्थान हात पार्नेले क्रमशः १५ हजार, १२ हजार र ९ हजार नगद पुरस्कार प्राप्त गरे ।

दशरथ रंगशालामा मंगलबारदेखि सुरु प्रथम काठमाडौं अन्तर नगर कप नकआउट फुटबल प्रतियोगिताको उद्घाटनका अवसरमा राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टलगायतले टोलीलाई पुरस्कृत गरे । सोही अवसरमा उक्त प्रतियोगितामा समावेश एथलेटिक्स, भलिबल, कराते, उसु, तेक्वान्दो र कबड्डीका पदक विजेता खेलाडीलाई पनि पुरस्कृत गरियो ।

Tags :
प्रतिक्रिया दिनुहोस