प्रधानमन्त्रीको निर्वाचन आइतबार हुने, भोली उमेदवारी दर्ता « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

प्रधानमन्त्रीको निर्वाचन आइतबार हुने, भोली उमेदवारी दर्ता


१९ जेष्ठ २०७४, शुक्रबार


काठमाडौं । संसद सचिवालयले शुक्रबार प्रधानमन्त्री निर्वाचनको तालिका सार्वजनिक गरेको छ । विपक्षी दलहरुको विरोधका कारण सूचना टाँसेर प्रधानमन्त्री निर्वाचनको प्रक्रिया सुरु गरिएको हो ।

जसअनुसार भोलि शनिबार विहान ११ देखि ४ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ । पर्सि आइतबार विहान ११ बजेको बैठकमा निर्वाचन हुनेछ ।

यसअघि सभामुख ओनसरी घर्तीमगरले सहमतिय सरकारका लागि विभिन्न दलका नेताहरुसँग परामर्श गरेकी थिइन् । तर दलहरुबीच सहमतिको प्रयास असफल भएपछि सभामुखले सूचनामार्फत नै बहुमतीय प्रक्रियाबाट सरकार गठन गर्न राष्ट्रपति विद्या भण्डारीबाट आहृवान भएको जानकारी दिइन् ।

Tags :
प्रतिक्रिया दिनुहोस