व्यापार घाटा नियन्त्रण अबको मूख्य चूनौति- प्रधानमन्त्री दाहाल « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

व्यापार घाटा नियन्त्रण अबको मूख्य चूनौति- प्रधानमन्त्री दाहाल


१७ जेष्ठ २०७४, बुधबार


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले व्यापार घाटा नियन्त्रण नेपालका लागि अब मूख्य चुनौति भएको बताएका छन् ।

बुधबार दिउँसो नेपाल पशु चिकित्सा परिषदका पदाधिकारीहरुको सपथ कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले भने, ‘हामीले अध्याँरो युग बिस्थापित गरेका छौं, आर्थिक बृद्धिदर उत्साहवद्र्धक छ, विकास आयोजनाहरुमा तिब्र प्रगति हुँदैछ, ठूला योजनाहरु निर्माणले गति लिएको छ, आर्थिक परिसूचकहरु सकारात्मक छन् । तर, पनि व्यापार घाटाको स्थिति सन्तोषजनक छैन । अबको हाम्रो चुनौति बढ्दो व्यापार घाटा नियन्त्रण गर्नु हो । यसमा राज्यले नै गम्भीर रुपमा ध्यान दिनुपर्छ ।’

नेपाल पशुपालन र पशुपंक्षी उत्पादनमा आत्मनिर्भर बन्दै गएकोमा प्रधानमन्त्रीले खुसी व्यक्त गरे । ‘नेपाल पशुपालनमा आत्मनिर्भर बन्दै गएको छ । कृषि र पशुपालनको क्षेत्रमा हामी पुरै आत्मनिर्भर बन्न सक्छौं । तर, हामीले यो क्षेत्रलाई अझै फोकस गर्न सकेका छैनौं । राज्यले गरेको लगानीको राम्रो प्रतिफल आउने क्षेत्र यही हो’, प्रधानमन्त्रीले भने ।

सो अवसरमा नेपाल पशु चिकित्सा परिषदमा नेपाल सरकार मन्त्री परिषदको मिति २०७४ जेठ ८ गतेको बैठकले नियुक्त गरेका पदाधिकारीहरुलाई सपथ गराइएको थियो । सपथ लिनेहरुमा अध्यक्षमा डा. सीताराम अर्याल, सदस्यमा स्वयप्रकाश श्रेष्ठ र रजिष्टारमा डा. नारायण प्रसाद घिमिरे रहेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस