काँग्रेसले छिटै उम्मेदवार टुङ्गो लगाउने « प्रशासन
Logo २० मंसिर २०८०, बुधबार
   

काँग्रेसले छिटै उम्मेदवार टुङ्गो लगाउने


१५ जेष्ठ २०७४, सोमबार


काठमाडौँ। नेपाली काँग्रेसले जेठ ३१ गते हुने दोस्रो चरणको स्थानीय तह निर्वाचनका लागि उम्मेदवार टुङ्गो लगाउने काम अन्तिम चरणमा पुर्याएको छ ।

केन्द्रीय कार्यालय सानेपामा आइतबार साँझ बसेको पार्टीका पदाधिकारी, पूर्वपदाधिकारी एवम् वरिष्ठ नेताको बैठकले प्रदेश नं. १, ५ र ७ को उम्मेदवार अन्तिम चरणमा पुर्याएको केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

देशको राजनीतिक छलफलका लागि नेताहरु बैठकमा जानुपर्ने भएकाले उम्मेदवार चयनमा ढिलाई भएको पौडेलले बताउनुभयो । उहाँले २ नं. प्रदेशको उम्मेदवार चयन भने एक÷दुई दिन लाग्ने बताए ।

काँग्रेसले निर्वाचन क्षेत्रीय कार्यसमितिलाई क्षेत्रअन्तर्गतका नगरपालिका र गाउँपालिकाका उम्मेदवार टुङ्ग्याउने अधिकार दिएको छ । क्षेत्रले उम्मेदवार चयन गर्न नसकेमा जिल्ला कार्यसमितिले गर्ने र जिल्ला समितिले पनि नसकेमा केन्द्रीय कार्यसमितिमा आउने व्यवस्था गरेको छ ।

केन्द्रीय समितिमा आएका विषयमा पदाधिकारी, पूर्व पदाधिकारी र वरिष्ठ नेताको समूहले निर्णय गर्ने गरेको छ । रासस

Tags :
प्रतिक्रिया दिनुहोस