३ चैत्र २०८१, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काँग्रेसले सबै दललाई निर्वाचनमा सहभागी गराउन पहल गर्ने

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसले सबै दललाई स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा सहभागी गराउन पहल गर्ने भएको छ ।

जेठ ३१ गते प्रदेश नं. १, २, ५ र ७ को निर्वाचन मिति तोकिएको छ । तराई/मधेसबाट प्रतिनिधित्व गर्ने राष्ट्रिय जनता पार्टीले चुनावमा सहभागी हुन विभिन्न माग अघि सारेको छ । राजपाले अघि सारेका मागका विषयमा सनिबार काँग्रेसले पार्टी केन्द्रीय कार्यालय सानेपामा छलफल गरेको छ ।

छलफलमा राजपाले संविधान संशोधन, पार्टी दर्ता, चुनाव चिह्न, पार्टीको झन्डा, तराई आन्दोलनका क्रममा लगाइएका मुद्दा फिर्ता, सहिद घोषणालगायत माग राखेको थियो । बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उपप्रधान मन्त्री एवम् गृहमन्त्री विमलेन्द्र निधिले राजपाका सबै मागका विषयमा प्रमुख दलबीच छलफल गरी सहमतिमा पुग्ने प्रयास भइरहेको बताए ।

बैठकमा सहभागी काँग्रेस केन्द्रीय सदस्य एवम् सहरी विकास मन्त्री अर्जुननरसिंह केसीले प्रमुख प्रतिपक्षीसहित सबै दलसँग छलफल गरी समस्या समाधान गरेर राजपालाई पनि चुनावमा सहभागी गराउने गरी कुराकानी भइरहेको बताए ।

“काँग्रेसले संविधान संशोधनको वाचा पूरा गर्ने प्रतिबद्धता जनाएको छ, अहिलेको समस्यालाई गम्भीररुपमा लिई निर्वाचनको वातावरण बनाउन राजपालाई आग्रह गरिएको छ, पूरा गर्न सकिने माग चुनावअघि नै पूरा गर्नेगरी प्रमुख प्रतिपक्षी नेकपा एमालेसँग पनि कुरा हुन्छ”–उनले भने ।

काँग्रेसले आफ्ना मुद्दा जनतामा लिएर गई अनुमोदन गर्न पनि राजपालाई अनुरोध गरेको मन्त्री केसीले बताए । छलफलमा सहभागी हुनुभएका राजपा नेता राजेन्द्र महतोले निर्वाचनमा भाग लिने वातावरण बनाउन काँग्रेस नेतासँग वार्ता भएको जानकारी दिए ।

छलफलमा काँग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशाङ्क कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, पूर्वमहामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला एवम् पूर्वउपसभापति गोपालमान श्रेष्ठलगायत नेताको सहभागिता थियो ।

राजपाका तर्फबाट अध्यक्ष मण्डलका अध्यक्ष महन्थ ठाकुर एवम् सदस्य राजेन्द्र महतो, शरदसिंह भण्डारी, महेन्द्रराय यादव, अनिल झा र राजकिशोर यादव सहभागी भएका थिए।

काँग्रेसले तीन प्रदेशका उम्मेदवार टुङ्ग्यायो

राजपासँगको बैठकपछि बसेको काँग्रेसका पदाधिकारी, पूर्वपदाधिकारी र वरिष्ठ सदस्यको बैठकले जेठ ३१ गते हुने दोस्रो चरणको स्थानीय तह निर्वाचनका लागि प्रदेश नं. १, ५ र ७ का पहाडी जिल्लामा उम्मेदवारको टुङ्गो लगाएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

दुई नं. प्रदेशका उम्मेदवार निर्वाचन क्षेत्र र जिल्लामै छलफल भइरहेको बताउदै उनले त्यहाँबाट नटुङ्गिए आज साँझ केन्द्रीय कार्यालयमा आउने बताए । बाँकी उम्मेदवार भोलि बिहान बस्ने बैठकले टुङ्ग्याउने काँग्रेसले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस