पारिजात पुरस्कार चार जनालाई « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

पारिजात पुरस्कार चार जनालाई


१३ जेष्ठ २०७४, शनिबार


काठमाडौँ । पारिजात स्मृति केन्द्रले शुक्रबार चार स्रष्टालाई पुरस्कृत गरेको छ ।

केन्द्रको ‘पारिजात सृजन सम्मान’ बाट हेमनाथ पौडेल, ‘पारिजात सङ्घर्षशील नारी सम्मान’ बाट शशी श्रेष्ठ, ‘पारिजात कला सम्मान’ बाट श्याम तमोट र ‘पारिजात बाल–साहित्य सम्मान’ बाट विजय चालिसे सम्मानित भएका हुन । ती पुरस्कार जनही १० हजार राशिको छ ।

नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती र वरिष्ठ साहित्यकार शान्तादास मानन्धरले संयुक्त रुपमा ती पुरस्कार प्रदान गरे । कार्यक्रमका सभाध्यक्ष रायनलगायतले स्रष्टा पारिजातको व्यक्तित्वबारे चर्चा गरेका थिए ।

वि.सं. १९९४ वैशाखमा जन्मनुभएका पारिजातका ‘शिरीषको फूल’, ‘अनिदो पहाड’ लगायत कृति प्रकाशित छन् । उनको निधन २०५० साल वैशाख ५ गते काठमाडौँम भएको थियो । रासस

Tags :
प्रतिक्रिया दिनुहोस