स्थानीय तहको संख्या थप्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चद्वारा अन्तरिम आदेश « प्रशासन
Logo ३१ बैशाख २०८१, सोमबार
   

स्थानीय तहको संख्या थप्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चद्वारा अन्तरिम आदेश


१२ जेष्ठ २०७४, शुक्रबार


सर्वोच्च अदालत

काठमाडौँ । सर्वोच्च अदालतले स्थानीय तहको संख्या बढाउने निर्णय कार्यान्वयन नगर्न सरकारलाई अन्तरिम आदेश दिएको छ ।

सर्वोच्च अदालतका न्यायाधीश ईश्वर खतिवडा र सपना मल्ल प्रधानको इजलासले धारा २९५ अनुसार आयोगले मात्र स्थानीय तहको संख्या बढाउन सक्ने ठहर गरि सरकारले हालै गरेको संख्या थप्ने निर्णय कार्यान्वयन नगर्न आदेश दिएको हो ।

सरकारले हालै मात्र २२ स्थानीय तह थप गर्नुका साथै बिराटनगर र वीरगञ्जलाई महानगर र २४ गाउँपालिकालाई नगरपालिका बनाउने निर्णय गरेको थियो ।

अधिवक्ता गोपाल श्रेष्ठ, धनबहादुर श्रेष्ठ र शर्मिला सिलवालले सरकारको निर्णयविरुद्ध रिट दर्ता गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस