प्रधानमन्त्रीलाई भारतीय प्रधानमन्त्री मोदीको बधाई « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

प्रधानमन्त्रीलाई भारतीय प्रधानमन्त्री मोदीको बधाई


१२ जेष्ठ २०७४, शुक्रबार


काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा स्थानीय निर्वाचन सफल भएकोमा प्रधानमन्त्रीलाई बधाई दिएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाललाई बिहिबार साँझ टेलिफोन गरी प्रधानमन्त्री मोदीले निर्वाचनप्रति खुसी व्यक्त गर्दै बधाई दिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए ।

भारतीय प्रधानमन्त्री मोदीले देशलाई स्थानीय तहको निर्वाचनमार्फत शान्ति, सुशासन र स्थायित्वको बाटोमा अघि बढ्ने विश्वास व्यक्त गरेका थिए ।

टेलिफोन वार्तामा प्रधानमन्त्री प्रचण्डको कार्यकालमा महत्वपूर्ण उपलब्धि भएकोमा पनि भारतीय प्रधानमन्त्री मोदीले प्रशंसा गरेका छन् । रासस

Tags :
प्रतिक्रिया दिनुहोस