आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित


७ जेष्ठ २०७४, आइतबार


काठमाडौँ । सरकारले आर्थिक वर्ष २०७४/७५ को नीति तथा कार्यक्रम पारित गरेको छ ।

प्रधानमन्त्रीे निवास बालुवाटारमा आइतबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले सो नीति तथा कार्यक्रम पारित गरेको हो । नीति तथा कार्यक्रम आज बेलुका नै राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पेस गर्ने समेत मन्त्रिपरिषद्ले निर्णय गरेको छ ।

“नीति तथा कार्यक्रममा राष्ट्रिय महत्वका सबै ठूला परियोजना समावेश गर्नुका साथै स्थानीय तहको निर्वाचन सम्पन्न गर्न र अरू दैनिक कामका लागि बजेट छुट्याइन्छ”, सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले बताए ।

आंशिक बजेटअन्तर्गतको सो नीति तथा कार्यक्रम यही जेठ १० गतेभित्र नै राष्ट्रपति भण्डारीले व्यवस्थापिका–संसद्मा पेस गर्ने मन्त्री कार्कीको भनाइ छ ।

सरकारका प्रवक्ता कार्कीले नीति तथा कार्यक्रम संविधान कार्यान्वयनका साथै राष्ट्रिय परियोजना र राष्ट्रिय पुनः संरचनालाई तीव्रता दिनेतर्फ केन्द्रित रहेको जानकारी दिए । “बजेटबारेमा नेकपा एमाले लगायत प्रतिपक्ष दलका केही असहमति छन्,उनले भने–“हामी त्यस बारेमा निरन्तर अन्तरसंवादमा छौँ, हिजो शनिवार मात्रै तीन प्रमुख दल बीचमा छलफल भएको छ, छलफल सकारात्मक रूपमा अगाडि बढिरहेको छ ।”  रासस

Tags :
प्रतिक्रिया दिनुहोस