दोस्रो चरणको निर्वाचन उत्साहपूर्वक हुन्छः प्रधानमन्त्री दाहाल « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

दोस्रो चरणको निर्वाचन उत्साहपूर्वक हुन्छः प्रधानमन्त्री दाहाल


७ जेष्ठ २०७४, आइतबार


प्रहरी ऐन

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा पहिलो चरणजस्तै मधेस, पहाड र हिमालका जनताको उत्साहपूर्वक व्यापक जनताको सहभागितामा हुने विश्वास दिलाएका छन् ।

नेपाल टेलिभिजनको ‘प्रधानमन्त्रीसँग सिधा कुरा’ कार्यक्रममा उनले पहिलो चरणको निर्वाचनमा शान्तिपूर्ण रुपमा उत्साहपूर्ण तवरले सम्पन्न भएकामा आफूलाई गौरव महसुस भएको बताए ।

पहिलो चरणको निर्वाचनले दोस्रो चरणको निर्वाचनका लागि आधार तयार गरेको स्पष्ट पार्दै प्रधानमन्त्री प्रचण्डले दोस्रो चरणको निर्वाचनमा पनि कुनै शङ्का नगर्न सबैसँग आह्वान गरे ।

आफ्नो पार्टीलाई जनताले दिएका मत सन्तोषजनक भएको बताउँदै उनले भने– “मेरो पार्टीले जित्नुभन्दा पनि राष्ट्र र जनताले जितेको छ, यसमा मलाई गर्व छ ।” प्रधानमन्त्रीले प्रदेश र केन्द्रसम्मको निर्वाचन हुँदा जनताले आफ्नो पार्टीलाई जिताउने विश्वास व्यक्त गरे ।

बजेट ल्याउने र संविधान संशोधनका विषयमा प्रमुख राजनीतिक दलका शीर्ष नेता तथा मधेस केन्द्रित दलका नेतासँग निरन्तर सम्पर्कमा रहेको बताउँदै उनले संविधान कार्यान्वयनमा सबै राजनीतिक दलको सहकार्य आवश्यक भएको बताए । रासस

Tags :
प्रतिक्रिया दिनुहोस