संसद्को बजेट अधिवेशन सोमबार « प्रशासन
Logo १७ मंसिर २०७८, शुक्रबार
   

संसद्को बजेट अधिवेशन सोमबार


५ जेष्ठ २०७४, शुक्रबार


काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानबमोजिम व्यवस्थापिका–संसद्को बजेट अधिवेशन यही जेठ ८ गते अपराह्न आह्वान गरेकी छिन् ।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति भण्डारीले संसद् भवन नयाँ बानेश्वरमा बस्ने गरी संसद्को अधिवेशन आह्वान गरेको राष्ट्रपति कार्यालयका उपसचिव केशवप्रसाद घिमिरेले जानकारी दिए । लामो अवधिसम्म रहेको संसद्को वर्षे अधिवेशन बिहीबार मात्र अन्त्य गरिएको थियो । रासस

Tags :
प्रतिक्रिया दिनुहोस