विजय र्यालीमा ढुङ्गा प्रहार, ६ जना घाइते « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

विजय र्यालीमा ढुङ्गा प्रहार, ६ जना घाइते


४ जेष्ठ २०७४, बिहिबार


सिन्धुली । सिन्धुलीको तीनपाटन गाउँपालिकामा बुधबार राति ९ः३० वजे नेकपा एमालेले निकालेको विजय ¥यालीमा ढुङ्गा प्रहार हुँदा ६ जना घाइते भएका छन् । घाइतेमध्ये एकको अवस्था भने गम्भीर रहेको छ ।

घाइते हुनेमा तीनपाटन गाउँपालिका–८ निवासी शिव श्रेठ, जीवन श्रेष्ठ, हरि घिमिरे, हिरा न्यौपाने, कर्ण तामाङ, विष्णु अधिकारी घाइते भएका छन् । घाइतेमध्ये शिव श्रेष्ठ गम्भीर घाइते भएको स्थानीय जमुना अधिकारीले जानकारी दिइन् ।

घाइतेको स्थानीय मेडिकलमा उपचार भइरहेको छ । तीनपाटनको मतगणनास्थल लाम्पान्टारबाट निकालिएको विजय ¥यालीमा ढुङ्गा प्रहार भएको थियो । वडा नं. ८ मा नेकपा एमालेका रेखराज अधिकारी निर्वाचित भएपछि विजय ¥याली निकालिएको थियो । रासस

Tags :
प्रतिक्रिया दिनुहोस