रङ्गकर्मी परियारप्रति श्रद्धाञ्जलि « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

रङ्गकर्मी परियारप्रति श्रद्धाञ्जलि


२ जेष्ठ २०७४, मंगलबार


काठमाडौँ । गत आइतबार मतदान गर्न तनहुँको दमौली जाँदा अज्ञात समूहबाट हत्या गरिएका रङ्गकर्मी विक्रम परियारको पार्थिव शरीर मंगबार काठमाडौँ ल्याइएको छ ।

नेपाल प्रज्ञा प्रतिष्ठानमा श्रद्धाञ्जलिका लागि राखिएको उनको पार्थिव शरीरमा नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, वनमन्त्री शङ्कर भण्डारीले अन्तिम श्रद्धाञ्जलि दिँदै देशले कर्मठ र इमान्दार रङ्गकर्मी गुमाएको भनी दुःख व्यक्त गरे ।

नेपाल सङ्गीत नाट्य प्रतिष्ठानका कुलपति सरुभक्त जोशी, अभिनेत्री गौरी मल्ल, राष्ट्रिय समाचार समितिका अध्यक्ष कुलचन्द्र वाग्लेलगायत शुभचिन्तकले पुष्पगुच्छा चढाई कलाकार परियारप्रति अन्तिम श्रद्धाञ्जलि व्यक्त गरेका थिए ।

कलाका विभिन्न विधा अभिनय, गायन, सङ्गीतमा उत्तिकै दखल राख्ने परियारले चर्चित टेलीशृङ्खला दलहन, बधशाला, ताण्डव र फिटकिरी चलचित्र र अन्य रेडियो नाटकमा पनि अभिनय गरेका छन् ।

उहाँकी श्रीमती बिमला परियार पनि गायिका हुन । उनका १४ वर्षीय छोरा र ९ वर्षीया छोरी छन् । स्वर्गीय परियारको मंगलबार नै अन्तिम संस्कार गरियो । रासस

Tags :
प्रतिक्रिया दिनुहोस