ढुङ्गा प्रहार गरी अज्ञात समूहद्वारा एकको हत्या, एक गम्भीर घाइते « प्रशासन
Logo २९ बैशाख २०८१, शनिबार
   

ढुङ्गा प्रहार गरी अज्ञात समूहद्वारा एकको हत्या, एक गम्भीर घाइते


३१ बैशाख २०७४, आइतबार


दमौली । तनहुँको व्यास नगरपालिका–१ भादगाउँस्थित छाला उद्योगनजिकै आइतबार अपराह्न अज्ञात समूहले ढुङ्गा प्रहार गरी एक जनाको हत्या गरेको छ । सोही समूहले अर्का एक जनालाई घाइते बनाएको छ ।

ढुङ्गा प्रहारबाट मृत्यु हुनेमा व्यास नपा–१ भादगाउँ घर भई हाल काठमाडौँ बस्दै आएका ४२ वर्षीय विक्रम परियार रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक सुरेन्द्र गुरुङले बताए ।

पाँच÷छ जनाको समूहले परियारलाई ढुङ्गाले हानेर गम्भीर घाइते बनाएको उनले बताए । घाइते परियारको उपचारका लागि दमौलीतर्फ ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

सोही समूहको आक्रमणबाट व्यास नपा– १ कै देवनारायण श्रेष्ठको दाहिने कानमा गहिरो चोट लागेको प्रहरीले जनाएको छ । उनको अहिले मणिपाल शिक्षण अस्पताल पोखरामा उपचार भइरहेको छ ।

दमौलीस्थित रत्नहरि अस्पतालका डा. रामकुमार श्रेष्ठले अस्पताल पु¥याउना साथ परियारलाई मृत घोषणा गरेका थिए । डा. श्रेष्ठले परियारको टाउकोमा तीन ठाउँमा गहिरो गरी काटेको र अत्याधिक रगत बगेकाले मृत्यु भएको हुनसक्ने बताए । शनिबार मात्रै परियार र श्रेष्ठ स्थानीय तहको निर्वाचनमा मतदान गर्न काठमाडौँबाट दमौली आएका थिए ।

घटनामा संलग्न व्यक्तिको तीव्र खोजी भइरहेको प्रहरी निरीक्षक पण्डितले बताए । रासस

Tags :
प्रतिक्रिया दिनुहोस