पच्चिसदेखि ४२ प्रतिशतसम्म मतदान सम्पन्न « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

पच्चिसदेखि ४२ प्रतिशतसम्म मतदान सम्पन्न


३१ बैशाख २०७४, आइतबार


काठमाडौँ । पहिलो चरणको स्थानीय तहको निर्वाचनमा हालसम्म विभिन्न जिल्लामा २५ देखि ४२ प्रतिशतसम्म मतदान सम्पन्न भएको छ ।

प्रदेश नं. ३, ४ र ६ का ३४ जिल्लाको दुई सय ८१ स्थानीय तहको निर्वाचनका लागि बिहान ७ बजेदेखि सुरु भएको निर्वाचनमा मनाङ जिल्लामा सरदर ४२ प्रतिशत, कास्कीमा ३५ प्रतिशत, बागलुङमा ३५ तथा स्याङ्जा र मुगुमा ३० प्रतिशत मतदान भएको निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

आयोगमा रहेको संयुक्त निर्वाचन परिचालन केन्द्रका अनुसार कुनै पनि मतदान केन्द्रको मतदान अहिलेसम्म स्थगन भएको छैन । आज दुई सय ८३ स्थानीय तहका लागि मतदान कार्यक्रम रहे पनि दुई स्थानमा यसअघि नै निर्विरोध निर्वाचित भइसकेकाले दुई सय ८१ स्थानीय तहमा मात्रै मतदान हुँदैछ । रासस

Tags :
प्रतिक्रिया दिनुहोस