एक सय १५ वर्षीया लामिछानेबाट मतदान « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

एक सय १५ वर्षीया लामिछानेबाट मतदान


३१ बैशाख २०७४, आइतबार


नुवाकोट । ककनी गाउँपालिका–८ का ११५ वर्षीया बाटुली लामिछानेले स्थानीय तहको निर्वाचनमा मतदान गरेकी छिन् ।

उनले ककनीगाउँपालिका–८ मात्रागाउँमा रहेको अरुणोदय मावि मतदान केन्द्रबाट मतदान गरेकी हुन् । उनले छोरा नेत्रप्रसाद लामिछानेको सहयोगमा मतदान गरेको अधिकृत रामस्नेही मण्डलले जानकारी दिए ।

वि.सं. १९५९/१२/१० मा जन्मिएकी लामिछानेले मत दिएपछि मुलुकमा शान्ति र विकास आउने आशा गरेको बताइन्। यस्तै, जिल्लाको दुप्चेश्वर गाउँपालिका–५ का १०४ वर्षीया तुलसीकुमारी खत्रीले मतदान गरी महादेव मावि मतदान केन्द्रको शुभारम्भ गरिन् ।

यता, सूर्यगढी गाउँपालिका–३ का १०१ वर्षीय अनन्तप्रसाद अधिकारीले मतदान गरे । मतदान अधिकृत सिंहबहादुर तामाङका अनुसार बागेश्वरी मावि मतदान केन्द्रबाट अधिकारीले मतदान गरी शुभारम्भ गरिएको हो ।
त्यसैगरी लमजुङमा ९३ वर्षीया नैनाकुमारी गुरुङले मतदान गरेका छन् ।

दूधपोखरी गाउँपालिकाअन्तर्गत बालोदय आधारभूत माविमा रहेको मतदान केन्द्रमा गुरुङले मतदान गर्नुभएको निर्वाचन अनुगमनमा खटिएका सहसचिव शङ्करप्रसाद खरेलले जानकारी दिए । रासस

Tags :
प्रतिक्रिया दिनुहोस