२८३ स्थानीय तहमा चुनावी रौनक : निर्वाचनमा जनताको व्यापक सहभागिता « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

२८३ स्थानीय तहमा चुनावी रौनक : निर्वाचनमा जनताको व्यापक सहभागिता


३१ बैशाख २०७४, आइतबार


काठमाडौं । २० वर्षपछि हुन लागेको स्थानीय तहको निर्वाचनमा जनताको व्यापक सहभागिता देखिएको छ ।

दुई दशकपछि भएको स्थानीय निकायको निर्वाचनमा भोट हाल्न पाउँदा जनतामा निकै उत्साहित देखिएका छन् । त्यसमाथि गणतन्त्र स्थापनापछि नयाँ संरचनाअनुसारको निर्वाचन इतिहासकै पहिलो हो ।

मतदान केन्द्रहरुमा मतदाता बिहान पाँच बजेदेखि नै लाइनमा लागेका छन् । प्रदेश नं. ३, ४ र ६ का ३४ जिल्लाका २८३ स्थानीय तहमा छ हजार ६४२ मतदान केन्द्रमा ४९ लाख ५६ हजार ९२५ मतदाताले मतदान गर्दैछन् । मतदान साँझ ५ बजेसम्म हुनेछ ।

 

 

Tags :
प्रतिक्रिया दिनुहोस