चुनावका लागि ६८ हजार सुरक्षाकर्मि परिचालन « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

चुनावका लागि ६८ हजार सुरक्षाकर्मि परिचालन


प्रशासन विशेष ब्युरो

३० बैशाख २०७४, शनिबार


काठमाडौँ । उपप्रधानमन्त्री एवम् गृहमन्त्री विमलेन्द्र निधिले आइतबार हुने पहिलो चरणको निर्वाचनमा सरकारले भरपर्दो सुरक्षा व्यवस्था मिलाएकोले ढुक्क भएर मतदानमा सहभागी हुन आग्रह गरेका छन् ।

गृहमन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले मतदान गर्न जाँदा कुनै किसिमको अवरोध उत्पन्न हुन नदिनका लागि नेपाली सेना, सशस्त्र प्रहरीबाट पैदल मार्ग र हवाइगस्तीको समेत प्रबन्ध गरिएको जानकारी दिए ।

निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र विश्वसनीय रुपमा सम्पन्न गर्नका निमित्त केन्द्रीय तहमा ‘स्थानीय तह निर्वाचन सुरक्षा योजना २०७३/७४’ तयार गरी सो अनुसारको स्थानीय तहमा वास्तविकता समेतलाई विश्लेषण गरी नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागलाई समन्वयात्मक र प्रभावकारी रुपमा परिचालन गरिएको गृहमन्त्री निधीले बताए।

निर्वाचनका लागि नेपाली सेनाबाहेक नेपाल प्रहरी २२ हजार ५७५, सशस्त्र प्रहरी १७ हजार ३५६, राष्ट्रिय अनुसन्धान विभागका ३८३ र म्यादी प्रहरी २२ हजार ६०२ जना खटाइएको उहाँले जानकारी दिए ।

थप पाँच हजार सुरक्षाकर्मी तयारी अवस्थामा राखिएको मन्त्री निधीले बताएका छन् । मत खसाल्ने काम सम्पन्न भएपश्चात् मतपेटिकालाई गणनास्थलसम्म सुरक्षित रुपमा ल्याउनका लागि सुरक्षाकर्मीबाट ‘स्कटिङ’को प्रबन्ध मिलाइएको उउनले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस