चितवन निर्वाचनको तयारी अन्तिम चरणमा « प्रशासन
Logo २५ आश्विन २०८१, शुक्रबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

चितवन निर्वाचनको तयारी अन्तिम चरणमा


३० बैशाख २०७४, शनिबार


चितवन ।आइतबार हुन गइरहेको स्थानीय तहको निर्वाचनका लागि जिल्लाका सात तहमा तयारी अन्तिम चरणमा पुगेको छ । जिल्लामा एक महानगरपालिका, पाँच नगरपालिका र एक गाउँपालिका रहेका छन् ।

निर्वाचनका लागि एक सय ६१ वटा मतदान स्थलमा ३७६ केन्द्र रहेका छन् । मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेका अनुसार ती केन्द्रमा कर्मचारी पुगेर परिचयपत्र वितरणको कम भइरहेको छ । उनीहरूले आजसम्म परिचयपत्र वितरण गर्ने छन् ।

यसै अवधिमा मतदान दिने स्थल व्यवस्थापनको काम पनि उनीहरूले गरिरहेको न्यौपानेले बताए । एउटा केन्द्रमा मतदान अधिकृत एक जना, सहायक मतदान अधिकृत एक जना, नायब सुब्बा वा खरिदार दुई जना र दुई जना सहायक स्तरका कर्मचारी खटिएका छन् ।

जिल्लाका सात तहका तीन सय ७६ केन्द्रमा दुई हजार २५० जना कर्मचारी परिचालन गरिएको छ । सबै केन्द्रमा मतपत्रसहित आवश्यक सामग्री पुगिसकेको मुख्य निर्वाचन अधिकृत न्यौपानेले बताए ।

मतदानस्थलमा केन्द्रको सङ्ख्याको आधारमा सुरक्षाकर्मी खटिइसकेका छन् । प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टका अनुसार नेपाल प्रहरी र म्यादी प्रहरी गरेर न्यूनतम नौ जनादेखि ३३ जनासम्म एकै स्थलमा खटिएका छन् । बाहिरी घेरामा सशस्त्र प्रहरीले गस्तीमार्फत सुरक्षा दिन थालिसकेको उनले बताए । बाहिर रहेर मतदानस्थलको सुरक्षा नेपाली सेनाले पनि दिन थालेको भट्टले बताए । नेपाली सेना र सशस्त्र प्रहरीले सातवटै तहमा बेसक्याम्प निर्माण गरिसकेको छ ।

जिल्लामा तीन लाख १३ हजार दुई जना मतदाता रहेका छन् । सात तहमा ९८ वटा वडा रहेका छन् । उनीहरूले सात जना प्रमुखसहित ५०४ जना जनप्रतिनिधि निर्वाचित गर्ने छन् । दलित र अल्पसङ्ख्यकबाट २० जना मनोनीत गरिने छ । रासस

Tags :
प्रतिक्रिया दिनुहोस