Logo ४ माघ २०८१, शुक्रबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

एक सयभन्दा बढी आचारसंहिता उल्लङ्घन


२९ बैशाख २०७४, शुक्रबार


काठमाडौँ । स्थानीय तह निर्वाचन, २०७४ को निर्वाचनको मौनअवधिसम्ममा ६२ सञ्चारमाध्यमका एक सय १५ सामग्रीमा पत्रकार आचारसंहिता तथा निर्वाचन आचारसंहिता उल्लङ्घन भएको पाइएको छ ।

यही वैशाख १५ देखि २८ गतेसम्मका अवधिमा छापातर्फका ३४ माध्यममा ६६ सामग्री, विद्युतीयतर्फका १८ अनलाइनमा प्रकाशित÷प्रसारित २५ सामग्री, पाँच पाँच टेलिभिजन र रेडियोतर्फका १२–१२ सामग्रीले आचारसंहिता उल्लङ्घन गरेको पाइएको प्रेस काउन्सिल नेपालले जनाएको छ ।

काउन्सिलले पत्रकार आचारसंहिता तथा निर्वाचन आचारसंहिताको उल्लङ्घन गर्ने तीन छापा तथा पाँच पाँच रेडियो र टेलिभिजनलाई तुरुन्तै ध्यानाकर्षण गराएको मुख्य अधिकृत झवीन्द्र भुसालले जानकारी दिए ।

आचारसंहिता आकर्षित भएका विषयवस्तुमा एकपक्षीय तथा सत्य, तथ्य र निष्पक्षता नभएको, निर्वाचन आचारसंहिताले तोकेको समयसीमाअनुरुप विज्ञापन प्रकाशन/प्रसारण नभएको तथा निर्वाचनसम्बन्धी सभासम्मेलनको प्रत्यक्ष प्रसारण गरेर उल्लङ्घन गरेको पाइएको छ ।

निर्वाचन आचारसंहिता अनुगमनको जिम्मेवारी पाएको काउन्सिलले गुणात्मक अनुगमन प्रणालीको दैनिक रुपमा र सङ्ख्यात्मक अनुगमनको साप्ताहिक रुपमा निर्वाचन आयोगलाई प्रतिवेदन दिँदै आएको छ । रासस

Tags :
प्रतिक्रिया दिनुहोस