दक्षिण कोरियाली राजदूतमा सिंह नियुक्त « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

दक्षिण कोरियाली राजदूतमा सिंह नियुक्त


२९ बैशाख २०७४, शुक्रबार


काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले गणतन्त्र दक्षिण कोरियाका लागि नेपाली राजदूतमा पौवागढी–८, बझाङ निवासी अर्जुनजङ्गबहादुर सिंहलाई शुक्रबार नियुक्त गरेकी छिन् ।

त्यस्तै राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा ब्राजिलका लागि नेपाली राजदूत ताराप्रसाद पोखरेललाई चिली र पाराग्वेका लागि समेत गैरआवासीय नेपाली राजदूतमा नियुक्त गरेको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । रासस

Tags :
प्रतिक्रिया दिनुहोस