राष्ट्रपति भण्डारी बैङ्ककतर्फ प्रस्थान « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

राष्ट्रपति भण्डारी बैङ्ककतर्फ प्रस्थान


२९ बैशाख २०७४, शुक्रबार


काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी श्रीलङ्का र थाइल्यान्डको गरी पाँचदिने औपचारिक भ्रमणका लागि आज बिहान थाइल्यान्डको बैङ्ककतर्फ प्रस्थान गरेकी छिन् ।

श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेनाको औपचारिक निमन्त्रणामा उनी श्रीलङ्का जान लागेकी हुन् । राष्ट्रपति भण्डारी शुक्रबार बिहान १०ः१५ बजे बैङ्ककतर्फ प्रस्थान गरेकी हुन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्टकक्षमा उनलाई उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख ओनसरी घर्ती, मन्त्रिगणलगायत उच्चअधिकारीले बिदाइ गरे ।

सो अवसरमा नेपाली सेनाको एक टुकडीले राष्ट्रपतिलाई २१ तोपको सलामी पनि अर्पण गरेको थियो ।

बुद्धजयन्तीका अवसरमा श्रीलङ्काले मनाउन लागेको संयुक्त राष्ट्रसङ्घीय वैशाख सम्मेलनको समापन समारोहमा राष्ट्रपति भण्डारी प्रमुख अतिथिका रुपमा सहभागी हुनुहुनेछ । आज श्रीलङ्काको राजधानी कोलोम्बोमा सुरु हुने सो सम्मेलनको समापन वैशाख ३१ गते श्रीलङ्काको दोस्रो ठूलो सहर क्यान्डीमा हुनेछ । रासस

Tags :
प्रतिक्रिया दिनुहोस