परीक्षोपयोगी विशेष श्रृखंला २०  « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

परीक्षोपयोगी विशेष श्रृखंला २० 


२८ बैशाख २०७४, बिहिबार


स्थानीय निकायको निर्वाचन किन महत्वपूर्ण छ ?

• लोकतन्त्रलाई कृयाशील बनाउन
• सेवा प्रवाहलाई थप जनमुखी र प्रभावकारी बनाउन
• जनताको घरदैलोदेखि नै नेतृत्व विकास गर्न
• स्थानीय स्रोत साधन तथा संभावनाको उचित प्रयोग गर्ने वातावरण वनाउन
• संघीयता र विकेन्द्रिकरणको असल अभ्यास गर्न
• जनताको वरिपरि जनप्रतिनिधिबाटै बनेको सरकार पुर्याउन

स्थानीय निकायको निर्वाचनमा कस्तो उमेदवारलाई मत दिने ?

• परिचित एवं जनमानसमा भिजेको व्यक्ति
• विकास निर्माणसँग सम्वन्धित ज्ञान, सीप र सोँच भएको व्यक्ति
• राष्ट्र एवं समाजलाई विखण्डन गर्ने भन्दा जोड्ने जीवनशैली भएको व्यक्ति
• आफुभन्दा माथि समाज र सवभन्दा माथि राष्ट्र र राष्ट्रियतालाई राख्ने व्यक्ति
• सवै नागरिक वा मतदाताको सहज पहुँचमा रहने व्यक्ति

वस्तुगत प्रश्नहरु

१. कुनै नयाँ नीति तयार भएपछिको दस्तावेजलाई White Paper भनिन्छ भने Green Paper भनेको के हो ?

२. पसिना नआउने जनावर चरा हो भने चारवटा नाक हुने जनावर कुन हो ?

३. What should be added to left side of the equation ( .IX=6) so that the equality sign (=) really have sense ?

४. How many times ELEPHANT is cut so that it is reduced to an ANT ?

५. स्काण्डिनेभियन देशमा कुन चाँही पर्दैन ?

(क) आइसल्याण्ड                   (ख) नर्वे                             (ग) डेनमार्क                                    (घ) स्विडेन

सही उत्तरहरु:

१. नीतिको पहिलो ड्राफ्ट
२. Slug
३. S
४. ५ चोटी
५. (क) आइसल्याण्ड

छोटो प्रश्नोत्तर

१. नेपालमा वजेट तर्जुमाका लागि प्रयोग हुने प्रमुख दस्तावेजहरु के के हुन ?

वजेट तर्जुमा कार्यमा विशेषरुपमा प्रयोग हुने दस्तावेजहरुको सूचि यसप्रकार छ:
• नेपालको संविधान अन्तर्गतको मौलिक हक, राज्यका निर्देशक सिद्धान्त तथा नीतिहर र आर्थिक कार्यप्रणाली
• आवधिक योजना र क्षेत्रगत योजनाहरु
• आर्थिक कार्यविधि ऐन तथा नियमावली
• वजेट तर्जुमा दिग्दर्शन, २०७२
• सार्वजनिक खरिद ऐन र नियमावली
• सुशासन ऐन
• राष्ट्रपतिद्वारा संसदमा प्रस्तुत सरकारको नीति तथा कार्यक्रम

२. द्वन्द्वपश्चात दिगो शान्ति स्थापनाका लागि जरुरी हुने कार्यसूचि के के हुन ?

संक्रमणकालका गरिने कामहरुले दिगो शान्ति निर्माणमा विशेष भूमिका खेल्दछन् । दिगो शान्तिका लागि जरुरी हुने प्रमुख कामहरु यसप्रकार छन्:
• सम्झौताहरुको अभिलेखांकन र पालना
• सामाजिक न्याय र शान्ति सुरक्षामा विशेष स्थान
• संविधानले परिकल्पना गरेका राज्यसंचालनका सवै तहहरुको निर्वाचन
• संक्रमणकालीन न्यायमा रहने चारवटा पक्षहरु : जान्ने अधिकार, न्यायको अधिकार, क्षतिपूर्तीको व्यवस्था र फेरी नदोहोरिने प्रत्याभूतिको संवोधन
• सत्यको खोजी, अभियोजन, परिपुरण र संस्थागत सुदृढीकरणमा जोड दिने जस्ता उपायहरुको अवलम्वन

 

तपाई लोकसेवा आयोगको तयारी गर्दै हुनुहुन्छ ? थप यो पनि पढ्नुहोस् 

 

नोट: नेत्र सुवेदी “प्रयास” द्वारा प्रस्तुत श्रृखंला १ देखि १९ सम्मका परीक्षापयोगी सामग्रीहरु समेत अध्ययन गरी लाभ लिनुहुन पाठकवर्गमा अनुरोध छ । यसका लागि हाम्रो होमपेजको Gk & IQ Corner मा क्लिक गर्नुहोला । साथै यो स्तम्भलाई थप उपयोगी वनाउन विद्वान पाठकहरुको सुझावको समेत आशा गरिएको छ । -सम्पादक

 

शुरु देखि हालसम्मका सबै श्रृंखलाहरु हेर्नका लागि यो लिंकमा क्लिक गर्नुहोस्

http://www.prasashan.com/category/iq-corner/

Tags :
प्रतिक्रिया दिनुहोस