मतदान केन्द्रमा सामग्रीसहित निर्वाचन टोली पुग्दै « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

मतदान केन्द्रमा सामग्रीसहित निर्वाचन टोली पुग्दै


२७ बैशाख २०७४, बुधबार


हेटौँडा । स्थानीय तह निर्वाचनमा मकवानपुरको आठ गाउँपालिका र थाहा नगरपालिकाको विभिन्न मतदान केन्द्रमा निर्वाचन सामग्रीसहित निर्वाचन टोली बुधबार बिहान पुगेको छ ।

मुख्य निर्वाचनको कार्यालय मकवानपुरका अनुसार हेटौँडा उपमहापालिकाको १९ वडामा भोलि बिहानसम्म निर्वाचन टोली पुगिसक्ने छ । मकवानपुरका कुल २९५ वटा मतदान केन्द्रमा भोलि बिहीबार बिहान १० बजेदेखि मतदाता परिचयपत्र वितरण सुरु गरिने जिल्ला निर्वाचन कार्यालयका प्रमुख गोविन्दप्रसाद पौडेलले जानकारी दिए ।

त्यसैगरी, ५०० सम्म मतदाता रहेको मतदान केन्द्रमा पाँच जना र सोभन्दा माथि मतदाता रहेको केन्द्रमा मतदान अधिकृतसहित छ जना कर्मचारी खटिने भएको छ ।

मकवानपुरको कुल २९५ वटा मतदान केन्द्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी र सहयोगी गरी कुल एक हजार ८५० जना कर्मचारी खटिएका छन् ।

मकवानपुरमा बाग्मती, कैलाश, इन्द्रसरोवर, बकैया, भीमफेदी, राक्सीराङ, मनहरी र मकवानपुरगढी गरी आठ गाउँपालिका छन् । जिल्लामा दुई लाख २७ हजार ७५९ जना मतदाता रहेको बताइएको छ । रासस

Tags :
प्रतिक्रिया दिनुहोस