सरकारी सुविधा नलिने बेनीका कांग्रेस उमेदवारको प्रतिबद्धता « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

सरकारी सुविधा नलिने बेनीका कांग्रेस उमेदवारको प्रतिबद्धता


२५ बैशाख २०७४, सोमबार


बेनी । स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसको तर्फबाट नगर तथा गाउँपालिकाका प्रमुखका उम्मेदवारले निर्वाचनमा विजयी भए कुनै पनि सरकारी सुविधा प्रयोग नगर्ने घोषणा गरेका छन् ।

बेनी नगरपालिकामा कांग्रेसबाट प्रमुखका प्रत्यासी हरिकुमार श्रेष्ठ, अन्नपूर्ण गाउँपालिकाका प्रमुख क्या डमबहादुर पुन र रघुगङ्गा गाउँपालिकाका प्रमुख भवबहादुर भण्डारीले यस्तो घोषणा गरेका हुन् ।

कांग्रेस–माओवादी गठबन्धनबाट प्रमुखका प्रत्यासी बनेका हरिकुमार श्रेष्ठले वडा कार्यालयसम्म सडक कालोपत्रे, गलेश्वर, पुलाश्रम, स्वर्गाश्रमजस्ता धार्मिक पर्यटकीय गन्तव्यको विकास, व्यवस्थित बजार र सरसफाइलाई मुख्य एजेन्डा बनाएका छन् ।

नगरपालिकामा एमाले–राप्रपा गठबन्धनबाट प्रमोद श्रेष्ठ प्रमुखका प्रत्यासी बनेका छन् । उनी नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष समेत हुन् । अन्नपूर्णमा एमालेका तर्फबाट नारायण पुन र माओवादी केन्द्रका कुलवीर राम्जाली चुनावी मैदानमा छन् । त्यसैगरी रघुगङ्गा गाउँपालिकाको अध्यक्षमा काँग्रेसका प्रत्यासी भवबहादुर भण्डारीले पनि मतदातामाझ प्रमुखमा जिताए कुनै पनि सरकारी सुविधा प्रयोग नगर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । रासस

Tags :
प्रतिक्रिया दिनुहोस