Logo २७ माघ २०८१, आइतबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

स्थानीय तहको निर्वाचनमा उम्मेदवारलाई चुनाव चिह्न आज दिइने


२२ बैशाख २०७४, शुक्रबार


काठमाडौँ । निर्वाचन आयोगले स्थानीय तहको पहिलो चरणको निर्वाचनमा उम्मेदवारलाई शुक्रबार (आज) चुनाव चिह्न दिने भएको छ ।

पहिलो चरणको निर्वाचन कार्यक्रमानुसार शुक्रबार बिहान ११ बजेदेखि अपराह्न ५ बजेसम्म उम्मेदवारलाई चुनाव चिह्न प्रदान गर्ने कार्यक्रम रहेको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए । यसअघि शुक्रबार बिहान १० देखि ११ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम छ । आयोगले व्यवस्थापिका–संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका उम्मेदवारलाई दलको नाममा कायम रहेको चुनाव चिह्न तथा अरु दलका उम्मेदवारलाई स्वतन्त्र चुनाव चिह्न प्रदान गर्ने छ ।

यसैबीच यही वैशाख १९ गते भएको मनोनयन दर्ता कार्यक्रममा ३४ जिल्लाका दुई सय ८३ स्थानीय तहका विभिन्न पदमा ४९ हजार दुई सय सात जनाले मनोनयन दर्ता गराएको तथ्याङ्क प्राप्त भएको आयोगले जनाएको छ । यद्यपि अझै यकिन विवरण एकीकृत भइनसकेको आयोगको भनाइ छ ।

तेह्र हजार पाँच सय ५६ पदमा छनोटका लागि हुने पहिलो चरणको स्थानीय तहको निर्वाचनमा प्रमुख/अध्यक्षमा एक हजार नौ सय २५, उपप्रमुख÷उपाध्यक्षमा एक हजार चार सय २९, वडाध्यक्षमा १० हजार आठ सय ४१, प्रत्येक वडाबाट छनोट हुने दुई सदस्यमा १८ हजार ती सय ७१ र महिला सदस्यमा नौ हजार ३३ र दलित महिला सदस्यमा सात हजार ४७२ उम्मेदवारी परेको जनाइएको छ ।

स्थानीय तहमध्ये सबैभन्दा बढी काठमाडौँ महानगरपालिकामा विभिन्न पदका लागि आठ सय ८७ को उम्मेदवारी परेको छ । निर्वाचन कार्यक्रमानुसार पहिलो चरणको निर्वाचनमा उम्मेदवारी दिई नाम फिर्ता लिन चाहने व्यक्तिलाई आज नाम फिर्ता लिन समय प्रदान गरिएको थियो । रासस

Tags :
प्रतिक्रिया दिनुहोस