राष्ट्रपतिसमक्ष चार राजदूतद्वारा ओहदाको प्रमाणपत्र पेस « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

राष्ट्रपतिसमक्ष चार राजदूतद्वारा ओहदाको प्रमाणपत्र पेस


२१ बैशाख २०७४, बिहिबार


काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपालका लागि थाइल्यान्डका आवासीय राजदूत भकाभत टान्सकुलसहित चार राजदूतले बुधबार आ–आफ्नो ओहदाको प्रमाणपत्र पेस गरे ।

राष्ट्रपति भवन, शीतलनिवासमा बुधबार आयोजित विशेष समारोहमा राष्ट्रपति भण्डारीसमक्ष गणतन्त्र कोरियाका आवासीय राजदूत पार्क योङ–सिक, अस्ट्रेलियाका आवासीय राजदूत पिटर ग्राइम बुद र हङ्गेरीका गैरआवासीय राजदूत ग्योला पेथोले पनि ओहदाको प्रमाणपत्र पेस गर्नुभएको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

उक्त समारोहमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीको समेतको उपस्थिति रहेको थियो । रासस

Tags :
प्रतिक्रिया दिनुहोस