राष्ट्रपति भण्डारी आज स्वदेश फर्कनुहुने « प्रशासन
Logo १७ कार्तिक २०८१, शनिबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

राष्ट्रपति भण्डारी आज स्वदेश फर्कनुहुने


८ बैशाख २०७४, शुक्रबार


भारत । भारतको राजकीय भ्रमणमा रहनुभएकी राष्ट्रपति विद्यादेवी भण्डारी आज आफ्नो भ्रमण सम्पन्न गरी स्वदेश फर्कदै छिन् ।

भारतीय समकक्षी राष्ट्रपति प्रणव मुखर्जीको औपचारिक निमन्त्रणामा यही वैशाख ४ गते मित्रराष्ट्र भारतको राजकीय भ्रमणमा रहेकी राष्ट्रपति भण्डारी आफ्नो पाँचदिने भ्रमण सकेर शुक्रवार स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

भारतमा भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले नयाँ दिल्लीस्थित भारतीय राष्ट्रपति भवनमा आफ्ना समकक्षी मुखर्जीसँग भेटवार्ता गरिन् ।

भ्रमणका क्रममा राष्ट्रपति भण्डारीसँग भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री सुष्मा स्वराज, गृहमन्त्री राजनाथ सिंह, वित्तमन्त्री अरुण जेट्लीलगायत यहाँस्थित विभिन्न पार्टीका नेताहरुले राष्ट्रपति कार्यालयमा भेटवार्ता गरेकी थिइन् ।

भ्रमणको दोस्रो दिन राष्ट्रपति भण्डारीलाई २१ तोपको सलामीसहित भारत सरकारले ‘गार्ड अफ अनर’ प्रदान गरेको थियो । सोही साँझ राष्ट्रपतिको सम्मानमा भारतीय समकक्षी मुखर्जीले राष्ट्रपति भवनमा रात्रिभोजको समेत आयोजना गरेको थियो ।

राष्ट्रपति भण्डारी भ्रमणको तेस्रो दिन इन्डियन एयरलाइन्सको विशेष विमानबाट गुजरात राज्यको राजकोट विमानस्थल पुगिन । त्यहाँबाट भारतीय वायु सेनाको हेलिकप्टरबाट सोमनाथ र द्वारिकानाथ मन्दिर पुगेर दर्शन र पूजाआजा गरिन । सोही साँझ राजकोटमा गुजरातका मुख्यमन्त्रीले राष्ट्रपति भण्डारीले आयोजना गरेको रात्रिभोजमा सहभागी भइन ।

राष्ट्रपति भण्डारी भ्रमणको चौथोदिन बिहीबार भारतको मुख्य पर्यटकीय सहर उडिसाको राजधानी भुवनेश्वरमा विभिन्न कार्यक्रममा सहभागी भइन।

उनले यहाँस्थित उडिसा राज्य सरकारद्वारा सञ्चालित मिसन शक्ति नामको एक संस्थाले आयोजना गरेको महिला सशक्तीकरणसम्बन्धी कार्यक्रमलाई सम्बोधन गरिन् । साथै उनले यहाँस्थित लिङ्गेश्वरराज मन्दिरमा पुगेर पूजाआजा गरिन ।
भारत भ्रमणको अन्तिम दिन राष्ट्रपति भण्डारी शुक्रवार उडिसा राज्यको पुरीमा रहेको जगन्नाथ धाममा पुगेर दर्शन तथा पूजाआजा गर्ने कार्यक्रम रहेको छ ।

उक्त धामको दर्शनपश्चात् राष्ट्रपति भण्डारी यहाँस्थित बिजु पटनायक अन्तर्राष्ट्रिय विमानस्थलबाट इन्डियन एयरलाइन्सको विशेष विमानबाट भारतको राजधानी नयाँदिल्ली पुगेर त्यहाँबाट नेपाल एयरलाइन्सको विमानबाट बेलुका स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

राष्ट्रपति भण्डारीको भ्रमणमा समेत रहेर भ्रमणलाई सफल पार्न महत्वपूर्ण जिम्मेवारी निर्वाह गरेका भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्याय राष्ट्रपतिको यो भ्रमणले नेपालका लागि ठूलो अवसर भएको बताए । उनले राष्ट्रपतिको यो भ्रमणमा भारत सरकारले उच्च प्राथमिकताका साथ राजकीय सम्मान प्रदान गरेकाले पनि यो भ्रमण पूर्णरुपले सफल भएको बताए ।

राजदूत उपाध्यायले राष्ट्रपति संविधानको रक्षक भएकाले भारतीय उच्च नेतृत्व तहमा सबै भेटमा आफ्नो भूमिकालाई अत्यन्तै मर्यादित र स्पष्ट रुपले राखेको बताउछन् ।

राष्ट्रपतिले राखेका सबै विषयमा भारतीय सबै तहबाट सहमतिका रुपमा ग्रहण गरिनु नै सुन्दर पक्ष भएको उनको बुझाइ छ । “यसैले यो भ्रमण देश र जनताको पक्षमा सकारात्मक हो”– उनले भनीन् । रासस

Tags :
प्रतिक्रिया दिनुहोस