सगरमाथा सिमेन्ट धनगढी क्रिकेट लिगको तयारी पुरा « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

सगरमाथा सिमेन्ट धनगढी क्रिकेट लिगको तयारी पुरा


२४ चैत्र २०७३, बिहिबार


धनगढी  । सगरमाथा सिमेन्ट धनगढी क्रिकेट लिगको तयारी पुरा भएको आयोजकले जनाएको छ । चैत २७ गते देखि धनगढीमा सुरू हुने प्रतियोगिताको सम्पूर्ण तयारी सकिएका आयोजक सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए) र धनगढी क्रिकेट एकेडेमी (डिसिए) ले बिहीवार पत्रकार सम्मेलनको आयोजना गरि जनाएको छ ।

एपीए र डिसिएको संयुक्त आयोजनामा हुन लागेको प्रतियोगिताको गत २९ मंसिरमा काठमाडौंमा घोषणा गरिएको थियो । देशका ६ वटा शहरका टोलीहरुलाई फ्रेन्चाईज गरि पहिलोपटक राष्ट्रिय खेलाडीहरूको अक्सन पुस २३ गते सम्पन्न गरियो ।

प्रतियोगितामा सहभागिता हुने आधा टिमहरू धनगढी पुगिसकेको र बाँकी टिमहरु धनगढी आउनेक्रममा रहेको आयोजकले जनाएको छ । प्रतियोगिताका लागि मैदान तथा पीच निर्माण सम्पन्न भईसकेको तथा प्रतियोगिता आयोजनाका लागि विभिन्न उप समितीहरुहरू निर्माण गरि जिम्मेवारी बाडफाड गरिएको प्रतियोगिता निर्देशक सुवाश शाहीले बताए । प्रतियोगिताका लागि म्याच अफिसियलहरु धनगढी आईपुगेका छन् ।

प्रतियोगिताको उद्घाटन खेलमा नेपाल –११ र धनगढी –११ बिचमा हुनेछ । च्यारिटी खेलका लागि दुवै टोली तयार रहेको आयोजकले जनाएको छ । सो च्यारिटी खेलबाट खर्च कटाएर बचेको रकम ड्रिम फाप्लालाई हस्तान्तरण गरिनेछ। प्रतियोगिताको लाईभ एपी वान एचडी टेलिभिजनले गर्ने भएको छ त्यस्तै सो टेलिभिजनको युटुयुव च्यानलमा पनि प्रतियोगिताको लाईभ हेर्न सकिने र लाईभ अपडेटमा रमाउने नेपाली क्रिकेट समर्थकहरुले विश्व क्रिकेटको लोकप्रिय साईट क्रिकईन्फो डटकममा पनि लाइभ अपडेट हुने आयोजकले जनाएको छ ।


डीपीएल नेपाली क्रिकेटमा नौलो संरचना, नेपालकै सबभन्दा ठूलो धनराशिको प्रतियोगिता हो ।


डिपीएल नेपाली क्रिकेटमा नौलो संरचना, नेपालकै सबभन्दा ठूलो धनराशिको प्रतियोगिता हो, निर्देशक शाहीले भने, प्रतियोगिताले नेपाली क्रिकेटलाइ विकेन्द्रिकृत गर्न र व्यवसायिकता थप्न मदत पुगेको छ।

डिपिएल एसीएले आयोजना गर्ने एपीए कप र डिसिएले आयोजना गर्ने डिपिएलको मर्जर स्वरूप हो । एसपीए कपको सुरुवात सन् २०१० (४ लाख बजेट, प्रथम पुरस्कार २५ हजार) मा गरिएको थियो । सन् २०११ (१३ लाख कुल बजेट, प्रथम पुरस्कार १ लाख), सन् २०१३ (२५ लाख बजेट, प्रथम पुरस्कार २ लाख) र सन २०१५ को चौथो संस्करण (६० लाख बजेट, विजेतालाई ५ लाख, उपविजेतालाई ३ लाख पुरस्कार) सम्पन्न भएको थियो । त्यस्तै, पहिलोपटक विभिन्न ५ वटा स्थानहरुको नामबाट टिम बनाएर गत बर्ष आयोजना गरिएको अक्सनमा आधारित सगरमाथा सिमेन्ट डीसीएल ३ मा विजेतालाई ३ लाख र उपविजेतालाई १ लाख ५० हजार रुपैया पुरस्कार दिइएको थियो ।

डिपीएलका टिमहरूमा खेलाडी अनुबन्ध गर्न लागि पुस २३ गते सम्पन्न अक्सनमा सहभागिताका देशभरिबाट २ सय १७ खेलाडीहरुलाई चार समूहमा विभाजन गरेर अक्सन (रकम बढाबढ) गरिएको थियो ।


प्रतियोगिताको पुरस्कारमा मात्र २७ लाख रुपैया खर्च हुने आयोजकले जनाएको छ ।


देशभरिका विभिन्न ६ शहरबाट टिमहरूमा सीवाईसी अत्तरियाको कप्तानी ज्ञानेन्द्र मल्ल, विराटनगर किङ्सको कप्तानी शरद भेषावकर, काठमाडौं गोल्डेन्सको कप्तानी बसन्त रेग्मी, रुपन्देही च्यालेन्जर्सको शक्ति गौचन, कञ्चनपुर आइकोनिकको विनोद भण्डारी र टिम चौराहा धनगढीको कप्तानी पारस खड्काले गर्दैछन् ।

प्रतियोगिताको विजेतालाई रु १५ लाख र उपविजेतालाई ७ लाख रुपैया तथा ट्रफी प्रदान गरिनेछ । प्रत्येक खेलका वेल्स क्याफे म्यान अफ द म्याचले १० हजार तथा म्यान अफ द सिरिजले टिभीएस आरटिआर २०० अपाचे मोटरसाईकल पाउनेछन् । प्रतियोगिताको पुरस्कारमा मात्र २७ लाख रुपैया खर्च हुने आयोजकले जनाएको छ ।

टि–२० प्रतियोगिताको लिग चरणमा प्रत्येक टिमले एक आपसमा एक–एक खेल खेल्ने छन् । शीर्ष चार टोली प्ले–अफमा पुग्नेछन् । त्यसमा पहिलो र दोस्रो हुने टिमको विजेता फाइनल पुग्नेछ । त्यसमा पराजित हुने टोलीले तेस्रो र चौथो हुने टिमसँगको विजेतासँग फाइनल प्रवेशको लागि खेल्नेछ ।

प्रतियोगितामा दर्शकहरुका लागि टिकटदर ३०, ५०, ८० र र १०० कायम गरिएको छ । टिकटबाट प्राप्त हुने रकमको २० प्रतिशत धनगढी क्रिकेट एकेडेमीका दिवांगत पुर्व प्रशिक्षक अर्जुन खड्का ज्युका छोराछोरीको अध्ययनका लागि कोष खडा गर्न छुट्याइने तथा १५ प्रतिशत रकम फाप्ला अन्तराष्ट्रिय क्रिकेट रंगाशाला निर्माण अभियान (ड्रिम फाप्ला) का लागि छुट्याइनेछ र १५ प्रतिशत रकम सहभागी टिमहरुलाई दिइने आयोजकले जनाएको छ। टिकट काटेका दर्शकहरुमध्ये गोलाप्राथवाट एक जनालाई अन्तिममा गोला प्रथाबाट नगद २५ हजार पुरस्कार प्रदान गरिनेछ ।

दर्शकहरुको सुबिधालार्इ मध्यनजर राख्दै पहिलो पटक कृत्रिम अस्थायी प्याराफिट निर्माण गरिएको छ। यसको साथै खेलाडीहरुको लागि खेल अवधिभर फिजियोको व्यवस्था गरिएको छ । भने साथै सम्पूर्ण खेलाडी तथा अफिसियल्सको ५ लाख बराबरको बिमा एनएलजी इन्सोरेन्स कम्पनी मार्फत गरिएको आयोजकले जनाएको छ ।

प्रतियोगिताले धनगढी अनि समग्र सुदूरपश्चिमको पहिचान फराकिलो बनाउन मदत पुग्ने विश्वास आयोजकको छ । प्रतियोगिता अवधीभर यस क्षेत्रको आर्थिक क्रियाकलाप चलायमान हुनुका साथै रोजगारीका अवसरहरू पनि श्रृजना हुने प्रतियोगिता निर्देशक शाहीले बताए । प्रतियोगिताका लागि देशभरिबाट हजारौ पर्यटक धनगढी भित्रने तथा त्यसको प्रत्यक्ष लाभ स्थानिय व्यापारी, होटल व्यवसायी, यातायात क्षेत्रलाइ मिल्ने उनले विश्वास व्यक्त गरे ।

 

र यो पनि,

इतिहासको रचना यिनै सुवास र युवाहरुको पौरखमा कुँदिदै छ, चम्किदैछ निरन्तर निरन्तर….

सगरमाथा सिमेन्ट धनगढी क्रिकेट लिगको तयारी पुरा

तस्विरमा डिपीएल

डिपीएलमा सिवाईसी अत्तरीयाको विजयी सुरुवात

रुपन्देही च्यालेन्जर्सद्धारा कञ्चनपुर आइकोनिक १४ रनले पराजित

डिपीएल क्रिकेटमा रुपन्देही च्यालेन्जर्स र काठमाडौं गोल्डेन्सको लगातार दोस्रो जित

Tags :
प्रतिक्रिया दिनुहोस