Logo २६ माघ २०८१, शनिबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

रुपन्देही च्यालेन्जर्सद्धारा कञ्चनपुर आइकोनिक १४ रनले पराजित


प्रशासन विशेष ब्युरो

२८ चैत्र २०७३, सोमबार


कैलाली । धनगढी प्रिमियर लिग डिपिएल अन्तर्गत सोमवार भएको दोस्रो खेलमा रुपन्देही च्यालेन्जर्सले कञ्चनपुर आइकोनिकलाई १४ रनले पराजित गरेको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको रुपन्देहीले निर्धारीत २० ओभरमा ८ विकेट गुमाउदै १ सय ४५ रन वनायो । रुपन्देहीको तर्फवाट हरिशंकर साहले सर्वाधिक ३३ रन बनाए । यसैगरी शंकर रानाले १९ प्रकाश केसीले २६ शक्ति गौचनले १६ रन र विक्रम सोवले १५ रन बनाए । कञ्चनपुर आईकोनिकको तर्फबाट कुशल भुर्तेलले ४ विकेट लिए । यस्तै अविनाश कर्णले २ विकेट लिए । सुनिल धमलाले एक विकेट हात पारे ।

१ सय ४६ रनको लक्ष्य पछ्याएको कञ्चनपुरले निर्धारित ओभरमा ९ विकेट जादा १ सय ३१ रन मात्र बनाउन सक्यो । कञ्चनपुरका सागर पुनले ३९ रन, सुनिल धमलाले २८ रन, कुशल भुर्तेलले २७ रन बनाए पनि आफ्नो टीमलाई जिताउन सकेनन् । रुपन्देहीका साहव आलम र कृष्ण कार्कीले तीन÷तीन, शक्ती गौचनले दुई र दिपेश श्रेष्ठले एक विकेट लिए ।

डिसिएल अन्तर्गत मंगलवार हुने पहिलो खेलमा टीम धनगढी र विराटनगर किङस्, तथा दोस्रो खेलमा कञ्चनपुर आईकोनिक र काठमाण्डौ गोल्डेन्स वचिमा हुने आयोजकले जनाएको छ । धनगढी क्रिकेट एकेडेमी र सुदुरपश्चिमाञ्च एकेडेमीको संयुक्त आयोजनामा भईरहेको प्रतियोगितामा ६ टिम सहभागी छन् । ६ वटा शहरका नामबाट बनाइएका टिममा सुदूरपश्चिमका तीन शहरका तीन टिम सहित काठमाडौंको एक, विराटनगरको एक र भैरहवाको नामबाट एक टिम छन् ।

सबैभन्दा धेरै पुरस्कार रहेको घरेलु क्रिकेट प्रतियोगिता डिपिएलको विजेताले १५ लाख र उपविजेताले ७ लाख रुपैया पुरस्कार पाउने आयोजक समितिका अध्यक्ष सुवास शाहीले जानकारी दिनुभयो ।

खेल हेर्न ३०, ५०, ८० र एक सय रुपैयँको टिकटको व्यवस्था गरिएको छ । प्रतियोगिताका लागि तीन हजार दर्शक अटाउने गरी अस्थायी प्याराफिट सहितको रंगशाला बनाइएको छ ।

 

र यो पनि,

इतिहासको रचना यिनै सुवास र युवाहरुको पौरखमा कुँदिदै छ, चम्किदैछ निरन्तर निरन्तर….

तस्विरमा डिपीएल

डीपीएलमा सिवाईसी अत्तरीयाको विजयी सुरुवात

प्रतिक्रिया दिनुहोस