‘निर्वाचनमा सबै पक्षको सहभागिता आवश्यक’ « प्रशासन
Logo २२ मंसिर २०७९, बिहिबार
   

‘निर्वाचनमा सबै पक्षको सहभागिता आवश्यक’


२४ चैत्र २०७३, बिहिबार


विराटनगर । नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष विजयकुमार गच्छदारले निर्वाचनमा सबै पक्षले सहभागिता जनाउन सक्ने परिस्थिति निर्माण गर्नुपर्ने बताएका छन् ।

विराटनगर विमानस्थलमा विहिवार सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले भने— “निर्वाचनलाई सबैले उपयोग गर्नसक्ने वातावरण बनाउन ठूला दलहरुलाई गम्भीर हुनुपर्दछ ।”

अध्यक्ष गच्छदारले हालसम्म त्यस्तो परिस्थिति निर्माण हुन नसक्नुमा सरकारको नीति तथा मोर्चाको अडान बाधक रहेको उल्लेख गर्दै संविधान जारी गर्दाकै बखतमा ठूला दलले गल्ती गरेका कारण हालको अवस्था सिर्जना भएको बताए ।

संविधान संशोधन नगरी समस्याको समाधान हुन नसक्ने स्पष्ट पार्दै उनले आफु अहिलेपनि आठ प्रदेशको पक्षमा रहेको धारणा व्यक्त गरे । रासस

प्रतिक्रिया दिनुहोस