कैलालीमा तरुण जागरण अभियान « प्रशासन
Logo ३ आश्विन २०७८, आइतबार
   

कैलालीमा तरुण जागरण अभियान


१५ चैत्र २०७३, मंगलबार


कैलाली । नेपाल तरुण दलले देशैभरी तरुण जागरण अभियान थालेको छ । स्थानीय निकायको चुनावमा तरुणहरुलाई पनि महत्वपूर्ण जिम्मेवारी दिन पार्टिलाई दवाब दिन तथा चुनावि माहोल बनाउन अभियान थालिएको बताइएको छ ।

सोही अभियान अन्तर्गत मंगलबार तरुणदल कैलालीले तरुण जागरण अभियानको आयोजना गर्ने भएको छ । नेपाल तरुणदलका कैलाली सभापति दिपेन्द्र बमले युवाहरुमा उर्जा हुने र केही गर्न सक्ने आत्मबिश्वास हुने भएकाले युवाहरुलाई पार्टिले स्थानीय निकायको चुनावमा समेटेर लैजानु पर्ने बताएका छन् ।

यूवा बिना कुनै पनि काम सम्भव नभएकाले आफुहरु चुनावको माहोल बनाउन लागि परेकाले पार्टिले सहयोग गर्ने र स्थानीले चुनावमा जनताले नेपाली काँग्रेसलाई बिश्वासका साथ अत्याधिक मत दिएर बिजयी गराउने उनले बिश्वास ब्यक्त गरे ।

नेपाली काँग्रेस कैलालीका सभापति नरनारायण शाह ‘मनु’को प्रमुख आतिथ्यतामा हुने कार्यक्रममा तरुणदलका पूर्व केन्द्रिय सदस्य रामशमज चौधरी बिशिष्ट अतिथी रहने जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस