वार्तामा बस्न भारतसँग पाकिस्तानी राष्ट्रपतिको प्रस्ताव « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

वार्तामा बस्न भारतसँग पाकिस्तानी राष्ट्रपतिको प्रस्ताव


प्रशासन संवाददाता

१० चैत्र २०७३, बिहिबार


इस्लामाबाद(एजेन्सी) । पाकिस्तानका राष्ट्रपति मम्नुन हुसेनले आपसी विवादलाई शान्तिपूर्ण तरिकाले समाधान गर्नका लागि वार्तामा बस्न भारतलाई प्रस्ताव गरेका छन् ।

पाकिस्तानको गणतन्त्र दिवसका अवसरमा राजधानी इस्लामाबादमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै राष्ट्रपति हुसेनले काश्मीरमा भइरहेको विवाद सहितका सबै विवाद वार्ताको माध्यमबाट समाधान खोज्न आह्वान गरेका हुन् ।

उनले गैरजिम्मेबार व्यवहार, हिंसात्मक गतिविधिले सुरक्षा चुनौती बढ्दै गइरहको पनि बताए । यसअघि सन् २००३ मा दुवै देशले युद्ध बिराम गरेका थिए ।

“संयुक्त राष्ट्रसङ्घको समन्वयमा वार्तामार्फत् काश्मीर समस्याको समाधान गर्न हामी भारतसँग वार्तामा बस्न तयार छौं,” उनले भने ।

“काश्मीरका जनताले स्वविवेकीय निर्णय गर्न पाउने अधिकारको हामी नैतिक, राजनीतिक र कुटनीतिक हिसावले सहयोग गर्न सधै तयार छौं” उनले भने ।

भारत बेलायती उपनिवेशबाट मुक्त भएको बेला सन् १९४७ देखि अहिलेसम्म भारत र पाकिस्तानकाबीचमा तीन ओटा युद्ध भएका छन् । तीमध्ये दुई ओटा युद्ध काश्मीरसँग नै सम्बन्धित छ ।

उनले भारत र पाकिस्तानकाबीचमा शान्तिपूर्ण वार्ता गराउनका लागि अन्तरराष्ट्रिय समुदायले भूमिका खेल्नुपर्नेमा पनि जोड दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस