११ जेष्ठ २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

छोरा खेलाउन फुर्सद छैन मन्त्री मगरलाई…

अ+ अ-

काठमाडौं । बालकुमारीमा स्थापना हुने फोहर पानी प्रशोधन केन्द्रको शिलान्यासको तयारीको कुरा चलिरहेको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीबाट आज शिलान्यास हुने सो कार्यक्रमबारे बुधबार आफ्ना सचिवालयका कर्मचारीलाई निम्तोपत्र के कति पुग्यो भनेर खानेपानी तथा सरसफाइमन्त्री बीना मगरले सोध्दै गर्दा छोरा प्रणव दाहाल मन्त्रीको कुर्सी नजिकको बिजुलीको ‘प्लग’ चलाउन पुगे ।

कार्यकक्षमा रहेका एक आगन्तुकले “मन्त्रीज्यू, बाबुलाई करेन्ट लाग्ला…” भनेपछि मन्त्री मगर छोरा समात्न पुगिन् । “कति चकचक गरेको ? यता आउनुस्” भन्दै मगरले प्रणवलाई बोक्न खोजिन् तर उनले टेरेनन् । बरु सचिवालयका एक सहयोगी महिलासँग फक्कियो । केही दिन विद्यालय बिदा भएका कारण मन्त्री मगरले सिंहदरबारस्थित मन्त्रालयमा कहिलेकाँहीसँगै लिएर जाने गछिन् ।

मन्त्री मगर कुर्सी छाडेर सोफामा बसेर आगन्तुकसँग कुरा गर्दा ती चार वर्षीय छोरा खेल्दैखेल्दै मन्त्रीको टेबलमाथि चढ्न पुगे । केहीबेरपछि कतै कार्यक्रममा बाहिर निस्कनुपर्ने जानकारी सचिवालयका कर्मचारीले दिइरहेका थिए । मन्त्री मगरले झोलाबाट छोराको स्वीटर निकालिन् । पाइट छाम्दा पिसाब गरेर भिजाइएको देखेपछि त्यो पनि फेरिदिइन् । “ल हेर त कतिखेर सुसु गर्नुभएछ…” भन्दै छोरालाई कपडा फेर्न लाग्दा मन्त्री मगरले भनिन्, “आज बिदामा मन्त्रालय आएको भएर मैले एकछिन छोरा हेर्न पाएँ, घरमा हेर्न पनि भ्याइन्न । बहिनीहरुले सघाउँछन् ।”

आमाको भूमिका पूर्ण पालना गर्न नपाएको अनुभूतिसहित उनले भनिन्, “म प्रायः बिहान चाँडै निस्कन्छु, छोरा सुतिरहेको हुन्छ । बेलुकी अबेर घरमा पुग्छु, ऊ सुतिसकेको हुन्छ ।” छोराको अहिलेको हालखबर सुनाइहँदा मन्त्री मगरले एक वर्षअघि पति वियोग हुँदा र निर्वाचनमा होमिँदा आफूलाई पीडा र कठिनाइ भएको स्मरण गरिन् । “त्यसबेला मलाई कम्ता गाह्रो भएन, छोरा अझ सानो थियो…” यति भनेर उनी रोकिइन् । एकछिनपछि प्रसङ्ग बदलेर मेलम्ची खानेपानी आयोजनाको कुरा गरियो । यही साता इटालियन कम्पनीसँग हुने औपचारिक वार्तापछि रोकिएको मेलम्चीको काम अघि बढ्ने उनले सुनाइन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का बुहारीसमेत रहेकी मन्त्री मगर दाहाल निवास खुमलटारमा सगोलमा बस्दै आएकी छन् । मगरका पति नेकपाका युवा नेता प्रकाश दाहालको गत २०७४ मङ्सिर ३ गते हृदयाघातका कारण असामयिक निधन भएको थियो । त्यसबेला बीना प्रतिनिधिसभाका लागि कञ्चनपुर–१ बाट निर्वाचनमा होमिएकी थिइन् । शोकलाई शक्तिमा बदल्दै मतदातामाझ पुगेका मगरले संसद्मा जितेपछि पहिलो पटक मन्त्री भएकी हुन् । वर्तमान मन्त्रिपरिषद्मा उनी सम्भवतः कम उमेरकी सदस्य हुन् ।

बीनाभन्दा अगाडिका प्रकाशका श्रीमती सिर्जना त्रिपाठीका छोरा प्रसिद्ध पनि खुमलटारमै बस्छन् । प्रसिद्ध अरुसँग भन्दा बीनासँग सुत्न मन पराउँछन् । दुवै छोरा खेल्ने र सँगै बस्ने गर्दा हजुरआमा सीता दाहाललाई मन बुझाउने मेसो मिल्ने गर्छ । समय मिलेको बेलामा हजुरबा पनि नातिहरुसँग रमाउने गरेको उनको सचिवालयले जनाएको छ ।

दिवगङ्त प्रकाश दाहालको प्रथम वार्षिक स्मृतिका अवसरमा प्रकाशित स्मारिकामा बिनाले भावुक हुँदै पीडा व्यक्त गरेकी छन् ।, “अब त हाम्रो प्रेमको चिनो छोरा पनि ठूलो भयो, बुबा भन्न सक्छ । तिमीलाई थाहा छ, सिरानीको तस्वीर देखाउँदै ‘बाबुको बुबा’ भन्छ । अनि, तिम्रो तस्वीरलाई म्वाइँ खान्छ । तिम्रो प्यारो छोरा प्रणवले मलाई पटकपटक रुवाउँछ यसरी ।”

प्रतिक्रिया दिनुहोस