२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बाँकेमा केन्द्रद्वारा वृद्धवृद्धा तथा बालबालिकाको उद्धार शुरु

अ+ अ-

नेपालगञ्ज । बाँकेको कोहलपुर नगरपालिका क्षेत्रमा रहेका असहाय वृद्धवृद्धा तथा बालबालिकाको उद्धार शुरु गरिएको छ ।

नेपालगञ्जस्थित नीलसागर वृद्ध तथा असहाय सेवा केन्द्रले कोहलपुर क्षेत्रको फुटपाथमा रहेका, माग्दै हिँड्ने वृद्धवृद्धा तथा बालबालिकाको हिजोदेखि उद्धार शुरु गरेको हो । एक साताभित्र सबैको उद्धार गरी सक्ने केन्द्रका सचिव नारायण सुवेदीले बताए ।

नगरपालिकाको सम्झनाचोक, मदनचोक र हवलदारपुरबाट उद्धारको काम शुरु गरिएको छ । यसअघि पनि नीलसागरले कोहलपुर क्षेत्रबाट १२ जना असहायको उद्धार गरी आश्रममा राखेको केन्द्रका अध्यक्ष सरिता खनालले बताए । सो केन्द्रमा अहिले ४० भन्दा बढी असहाय वृद्धवृद्धा तथा बालबालिकाले आश्रय लिइरहेका छन् ।

यसैबीच प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले नीलसागर केन्द्रको निरीक्षण गरी प्रदेश सरकारबाट हुने सबैखाले सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । उनले केन्द्रको नेपालगञ्ज फुलटेक्रामा निर्माण हुने योजनाको ३० कोठे पक्की भवनका लागि प्रदेश सरकारका तर्फबाट सहयोग गरिने आश्वासन दिए । त्यस अवसरमा केन्द्रका अध्यक्ष खनालले आश्रमबाट सञ्चालित गतिविधिका बारेमा मुख्यमन्त्री पोखरेललाई जानकारी गराएका थिए ।