दाङ । घोराहीमा रहेको सगरमाथा सिमेन्ट उद्योगमा आगलागी धएको छ ।
घोराही उपमहानगरपालिका–३, गोग्लीस्थित घोराही सिमेन्ट इन्डस्ट्रिजको निर्माणाधीन क्लिङ्कर स्टक पाइल (सिएसपी) भवनमा विद्युत चुहावट भई आगलागी भएको हो ।
आगलागीमा पाँच वटा वेल्डिङ मेसिन पूर्णरुपमा जेर नष्ट भएको र तीन थान ग्यास सिलिन्डर विस्फोट भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
नेपाल प्रहरी र नगरपालिकाको दमकलको सहायताले आगो नियन्त्रणमा आएको छ । तर आगलागीबाट भएको क्षतिको एकिन विवरण भने आउन सकेको छैन ।







