२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जितगढीको जीवन्त रणभूमिले दर्शकलाई लोभ्यायो

अ+ अ-

रुपन्देही । पाल्पा डुम्रेकी लोकसरी मगर बुटवलको अन्तर्राष्ट्रिय व्यापार मेलामा पुगेर छक्क पर्नुभयो । मेलामा तयार पारिएको जितगढी किल्लामा हतियारसहित बसेका सेना र जमीनमा रगताम्य भएर ढलेका लडाकु देख्दा उहाँलाई आश्चर्य पनि लाग्यो ।

छिमेकी दिदीसँग मेला हेर्न आउनुभएकी उहाँले जितगढी किल्लालाई नियाल्दै भन्नुभयो “आम्मै मैले त साँच्चैको पो भन्ठानेकी थिँए तर बनाइएको पो रहेछ है ।” लोकसरीजस्तै उक्त मेलामा पुग्ने अन्य दर्शक पनि जितगढी किल्लाको दृश्य हेरेर अचम्म मानिरहेका देखिन्थे ।

बेलबासबाट मेला हेर्न आउनुभएकी एलिसा भण्डारी पनि जितगढी किल्लाको यो दृश्य देखेर उत्साहित हुनुभयो, “हाम्रा सेनाले यसैगरी ढलाएका होलान है अङ्ग्रेज फौजलाई” उनले भने, “हाम्रा पुर्खा पनि बहादुर नै हुन् नि, अहिले मेलामा यस्तो किल्ला बनाएर साह्रै राम्रो गरेछन् ।”

यसपालि बुटवल रुपन्देही व्यापार सङ्घले आयोजना गरेको अन्तर्राष्ट्रिय ब्यापार मेलामा निर्माण गरिएको जितगढी किल्लाको स्वरुपले मेला पुग्ने सबैलाई आकर्षित गरेको छ । मेलामा पुग्ने हरेकले कृतिम किल्लाकोे अगाडि बसेर सेल्फी खिचिरहेका देखिन्छन् ।

बुटवल मण्डपमा चलिरहेको मेलामा बनाइएको जितगढी किल्लाको जीवन्त स्वरुप छ । वि.सं. १८७२ वैशाख ७ गते पाल्पाली सेनाले बुटवलको जितगढी किल्लाबाट अङ्ग्रेज सेनालाई परास्त गरेको सम्झनामा मेलास्थलमै रणभूमिको नमूना तयार पारिएको हो ।

तिनाउ नदीको वारिपारि अङ्ग्रेज सैनिक र पाल्पाली सैनिकका बीच भइरहेको घमासान युद्ध र अङ«ग्रेज सेना रगाताम्य भएर भुइँमा लडेका दृश्य मार्मिक छन् । रणभूमिमा रहेका २८ व्यक्तिमध्ये सात नेपाली सेना र नौ बेलायती सेनाका साथै बेलायती सेनाको नेतृत्व जनरल उड र नेपाली सेनाको नेतृत्व कर्णेल उजिरसिंह थापाले गर्नुभएको देखाइएको छ युद्धभूमिमा अन्य तीन महिलाको दृष्य पनि जीवन्त छ ।

उक्त लडाइँमा बेलायती सेनाको गोली लागेर घाइते भएकी नेपाली महिलालाई आफूले पानी खुवाउन खोज्दा दुश्मनको हातले खुवाएको पानी खान इन्कार गरेको घटना बेलायती सेनाको नेतृत्व गरेका तत्कालीन मेजर जनरल उडले लेखेको कुरा इतिहासमा पनि उल्लेख छ ।

यसै लडाइँका बखत तराईको बाटो हिँडेर आएका अङ्ग्रेज फौजका कमाण्डरले अगाडि के छ भनेर आफ्ना सिपाहीलाई सोधेको र सिपाहीले ‘देयर इज नो थिङ बट वाल’ भनेका कारण बटवाल हुँदै यस ठाउँको नाम बुटवल रहेको कथनसमेत छ ।

रुपन्देही व्यापार सङ्घका पूर्वअध्यक्ष तथा पार्क निर्माण समितिका संयोजक श्रीकृष्ण पोखरेलले भने, मेलामा आउने अधिकांशले किल्लाबारे जिज्ञासा राख्छन्, धेरैले राम्रो मानेर फोटो खिचेका र इतिहास बुझ्न पाएकामा खुशी पनि व्यक्त गरेका छन् ।”

कर्णेल उजिरसिंह थापा नेतृत्वको नेपाली फौजले कुशल रणकौशल प्रदर्शन गरी अङ्ग्रेज फौजमाथि विसं १८७२ मा विजय हासिल गरेको स्थल जितगढी किल्लाको महत्व सबैलाई बुझाउन मेलास्थलमै जितगढी किल्लाको स्वरुप निर्माण गरिएको उनको भनाइ थियो ।

दुई सय वर्षअघि नेपालले बेलायती फौजलाई हराएको सो जितगढी किल्लाको प्रचारप्रसार र संवद्र्धन गर्ने उद्देश्यले बुटवलमा आयोजित अन्तर्राष्ट्रिय व्यापार मेलामा करीब रु १२ लाख खर्चेर जितगढी किल्लाको स्वरुप निर्माण गरिएको सङ्घका अध्यक्ष तथा मेला संयोजक पदमप्रसाद श्रेष्ठले बताए ।

“जितगढी युद्धको झझल्को दिने गरी नेपाली सेनाको प्राविधिक सहयोगमा जितगढी किल्ला निर्माण गरेका हौँ, उनले भने, “मेला हेर्न आउने सबैले यसको महत्व बुझेका छन् ।” बुटवल उपमहानगरपालिका–३ तिनाउ नदीपारिको किनारमै पूर्वपश्चिम राजमार्गसँगै जितगढी किल्ला छ । पुरातात्विक र ऐतिहासिक महत्व बोकेको यो गढी १६औँ शताब्दीतिर सेनकालमा निर्माण भएको मानिएको छ ।

तिनाउ नदीको दायाँ किनारमा अवस्थित गढीको नामाकरण उजिरसिंह थापाको नेतृत्वमा रहेको फौजले पराक्रम र चलाखी देखाई यसै गढीमा बसेर कम्पनी सरकारको फौजलाई हराएकाले जितगढी भनिएको स्थानीयवासी बताउँछन् । लामो समयसम्म पनि प्रचारप्रसारको अभावमा ओझेलमा परेकामा अहिले बुटवल उपमहानगरपालिकाले समेत यस किल्लाको विकास र संवर्द्धनमा चासो दिएको छ ।

जितगढी किल्लालाई विशेष गुरुयोजना तयार गरी पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने उपमहानरगका प्रमुख शिवराज सुवेदीले बताए । जितगढीमा नेपालकै ठूलो राष्ट्रिय झण्डा राख्ने र लडाइँमा अङ्ग्रेजलाई पराजित गरी भाग्न विवश तुल्याउने तत्कालीन नेपाली फौजका वीरयोद्धा कर्णेल थापाको पूर्णकदको शालिक राखिने उनले जानकारी दिए ।

पाँच सय वर्गफिट इलाकामा फैलिएको यो गढीको पूर्वपश्चिम लम्बाइ २०५ फिट र चौडाइ करीब ५५ फिट छ ।